radiojhurjhure

168 Posts
मनहरीमा स्कर्पियो दुर्घटना, ८ जना घाइते ।

मनहरीमा स्कर्पियो दुर्घटना, ८ जना घाइते ।

२७ पौष २०८१ /मनहरी -मकवानपुर जिल्लाको मनहरी गाउँपालिका वडा न.६ डिपार्टमा स्कर्पियो दुर्घटना भएको छ। आज दिउँसो १ बजे पर्व पश्चिम् राजमार्ग बिरगंजबाट चितवन तर्फ जाँदै गरेको बागमती प्रदेश बा ०१-०२६ च ५२५० स्कर्पियो र चितवनबाट हेटौंडा तर्फ जाँदै गरेको बा १६ च ८३२४ नम्बरको कार एक आपसमा ठक्कर खाई दुर्घटना खबर प्राप्त भएको छ। दुर्घटनामा परि कार र स्कर्पियोको चालक सहित ८ जना घम्भिर घाइते भएको र घाइते उपचारको लागि उद्दार गरि चितवन पठाईएको ईलाका प्रहरी कार्यलय मनहरीले जनाएको छ। घाइते र सबारी धनीहरुको सनाखत हुन बाकी छ।
Read More
मन्साही गाउँका एक दर्जन एमाले र काङ्ग्रेस परित्याग गरि माओवादीमा प्रबेश।

मन्साही गाउँका एक दर्जन एमाले र काङ्ग्रेस परित्याग गरि माओवादीमा प्रबेश।

२५ पौष २०८१/बागमती - बागमती गाउँपालिका वडा नम्बर ७ मन्साहीका झण्डै एक दर्जन एमाले र काङ्ग्रेस पार्टी परित्याग गरि माओवादीमा भएका छन। आज बिहिवार मन्साहीको घैयाखोरियामा एक कार्यक्रमका बिच अकल बहादुर वाइबाको नेतृत्वमा कुमार थापा, गोकर्ण तिमल्सिना ,बलराम ब्रामु, अनिश वाइबा ,दिपक तिमल्सिना ,अन्त नारायण गौतम ,हेमनाथ गौतम,चन्द्र कुमारी थापा ,सलिना हुमागाई , शिबकुमारी हुमागाई,प्रमिला थापा मगर,च्याप्सङ थोकर,चेत बहादुर तिमल्सिना र टिकुली माया थोकर लगायतका ब्यक्तित्वहरु माओवादीमा प्रबेश भएका छ्न। मन्साही घैयाखोरियाका स्थानीयले ठुलोथली जाने मोटरबाटो,खानेपानी , विद्युत र तटबन्ध लगायतका विषयमा गुनासोसंगै माग पनि राखेका छ्न। वडा न.७ का अध्यक्ष अकल बहादुर गोलेको सभाध्यक्षमा भएको कार्यक्रममा नबप्रबेश आफ्ना पार्टी…
Read More
नेकपा माओवादी केन्द्र बागमती गाउँपालिका कमिटीको अध्यक्षमा पुन: अरुण बल

नेकपा माओवादी केन्द्र बागमती गाउँपालिका कमिटीको अध्यक्षमा पुन: अरुण बल

झुरझुरे: नेकपा माओवादी केन्द्र बागमती गाउँपालिका कमिटीका अध्यक्षमा पुन: अरुण बल चयन हुनुभएको छ ।शनिबार सम्पन्न पार्टी गाउँपालिका कमिटीको दोस्रो सम्मेलनबाट बल सर्वसम्मत रुपमा पुनः अध्यक्षमा चयन हुनुभएको हो । बलको अध्यक्षतामा ४५ सदस्यीय पालिकास्तरिय कमिटी गठन भएको छ । कमिटीको उपाध्यक्षहरुमा ध्रुव थापा, बल बहादुर बल र बुद्धिमान माझी चयन हुनुभएको छ । यस्तै कमिटीको सचीवमा रहर सिं थिङ, सहसचिवमा इन्द्र बहादुर थोकर र कोषाध्यक्षमा शर्मिला माझी चयन हुनुभएको छ । नव निर्वाचित कमिटीको कार्यकाल २ वर्षको हुनेछ । नव निर्वाचित कमिटीकलाई निर्वाचन समिति संयोजक प्रेम बहादुर थोकरले सपथ ग्रहण गराउनुभएको थियो। सपथ ग्रहण कार्यक्रममा पार्टी बागमती प्रदेश कमिटीका…
Read More
नेकपा माओवादी केन्द्र बागमती गाउँपालिका कमिटीको अध्यक्षमा पुन: अरुण बल

नेकपा माओवादी केन्द्र बागमती गाउँपालिका कमिटीको अध्यक्षमा पुन: अरुण बल

झुरझुरे: नेकपा माओवादी केन्द्र बागमती गाउँपालिका कमिटीका अध्यक्षमा पुन: अरुण बल चयन हुनुभएको छ ।शनिबार सम्पन्न पार्टी गाउँपालिका कमिटीको दोस्रो सम्मेलनबाट बल सर्वसम्मत रुपमा पुनः अध्यक्षमा चयन हुनुभएको हो । बलको अध्यक्षतामा ४५ सदस्यीय पालिकास्तरिय कमिटी गठन भएको छ । कमिटीको उपाध्यक्षहरुमा ध्रुव थापा, बल बहादुर बल र बुद्धिमान माझी चयन हुनुभएको छ । यस्तै कमिटीको सचीवमा रहर सिं थिङ, सहसचिवमा इन्द्र बहादुर थोकर र कोषाध्यक्षमा शर्मिला माझी चयन हुनुभएको छ । नव निर्वाचित कमिटीको कार्यकाल २ वर्षको हुनेछ । नव निर्वाचित कमिटीका संयोजक प्रेम बहादुर थोकरले सपथ ग्रहण गराउनुभएको छ । सपथ ग्रहण कार्यक्रममा पार्टी बागमती प्रदेश कमिटीका उपाध्यक्ष…
Read More
शान्तिपुरमा विभिन्न पार्टी परित्याग गर्दै ५ दर्जनभन्दा बढी माओवादी केन्द्रमा प्रवेश

शान्तिपुरमा विभिन्न पार्टी परित्याग गर्दै ५ दर्जनभन्दा बढी माओवादी केन्द्रमा प्रवेश

बागमती: बागमती गाउँपालिका वडा नम्बर ८ स्थित शान्तिपुरमा दर्जनौं जनता नेकपा माओवादी केन्द्रमा प्रवेश गरेको छ । शुक्रबार एक कार्यक्रमका बिच पार्टी वडा नम्बर ८ कमिटीले ५ दर्जन जनतालाई पार्टीमा प्रवेश गराएर स्वागत गरेको हो । पार्टीमा प्रवेश कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै पार्टी बागमती प्रदेश सचिवालय सदस्य सर्केश घलानले देश र जनताको मुहार फेर्न पार्टीले काम गरिरहेको बताउनुभएको छ । उहाँले देशको समृद्ध र सुशासनको लागि माओवादी लडिरहेको पनि बताउनुभयो । अहिलेका सरकार गरिव जनताको पक्षमा काम नगरिरहेको पछिल्लो समयमा पार्टीमा जनताको आकर्षण बढेको र माओवादी ल्याएको व्यवस्था नै ठिक भन्ने बुझेको उहाँको भनाई छ। बागमती गाउँपालिकालाई समृद्धि बनाउन सबैको साथ…
Read More
फापरबारीको बेतिनी स्वास्थ्य चौकीमा डिजिटल एक्स-रे मार्फत स्क्रिनिङ क्याम्प, ६०२ स्वास्थ्य परिक्षण १२ जनामा क्षयरोग पुष्टि

फापरबारीको बेतिनी स्वास्थ्य चौकीमा डिजिटल एक्स-रे मार्फत स्क्रिनिङ क्याम्प, ६०२ स्वास्थ्य परिक्षण १२ जनामा क्षयरोग पुष्टि

१८ पौष २०८१,बिहिवार /फापरबारीः बागमती गाउँपालिका वडा नम्बर ६ स्थित फापरबारीमा डिजिटल एक्स–रे मार्फत स्क्रिनिङ क्याम्प संचालन भएको छ । समुदायमा लुकेर रहेका सक्रिय क्षयरोगको खोजपड्ताल कार्यक्रम अन्तर्गत बागमती गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजनामा दोस्रो दिन बिहिबार फापरबारीमा स्क्रिनिङ क्याम्प संचालन भएको हो ।क्याम्पको अवलोकन गर्नुहुँदै बागमती गाउँपालिका अध्यक्ष सर्केश घलानले क्षयरोगमुक्त पालिका अभियान अन्तर्गत सेवा सञ्चालन गरिएको बताउनुभयो । उहाँले नसर्ने रोग विरुद्धको अभियानलाई पालिकाभित्र समुदायस्तरमा पुर्‍याइने बताउनुभयो । उहाँले स्थानीय सरकारले जनताको स्वास्थ्यलाई प्राथमिकता दिएर काम गरिरहेको बताउनुभयोस्क्रिनिङ क्याम्प अर्न्तगत दोस्रो दिन ६ सय २ जनाको डिजिटल एक्स–रे मार्फत स्वास्थ्य परिक्षण गर्नुका साथै नमुना संकलन गरिएको छ । जसमध्ये…
Read More
पत्रकार महासंघ निर्वाचित पदाधिकारीहरुलाइ,अखिल क्रान्तिकारीद्वारा सम्मान ।

पत्रकार महासंघ निर्वाचित पदाधिकारीहरुलाइ,अखिल क्रान्तिकारीद्वारा सम्मान ।

१७ पौष २०८१ /हेटौंडा - नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारी मकवानपुरको आयोजनामा प्रेस सेन्टर नेपालको तर्फबाट नेपाल पत्रकार महासंघमा निर्वाचित पदाधिकारी सम्मान सहित परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ । अखिल क्रान्तिकारी मकवानपुरका अध्यक्ष बुद्धराज अर्यालको अध्यक्षता र नेकपा (माओवादी केन्द्र) की केन्द्रिय सदस्य एवम् बागमती प्रदेशकी सामाजिक विकास मन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख अतिथि मोक्तानले प्रेस सेन्टरबाट नेपाल पत्रकार महासंघको निर्वाचनमा बिजयी हुनेहरुलाई बधाई दिनुका साथै कार्यकालको सफलताको शुभकामना दिनुभयो । कार्यक्रममा नेकपा (माओबादी केन्द्र) का केन्द्रिय सदस्य एवम मकवानपुर इन्चार्ज बिजय गौतमको बिशेष आतिथ्यता रहेको थियो । त्यस्तै केन्द्रिय…
Read More
राईगाउँमा बृहत स्क्रिनिङ क्याम्प संचालनः १७ जनामा क्षयरोग पुष्टि

राईगाउँमा बृहत स्क्रिनिङ क्याम्प संचालनः १७ जनामा क्षयरोग पुष्टि

रबिन्द्र वाइबा१७ पौष २०८१/राईगाउँः बागमती गाउँपालिका वडा नम्बर २ स्थित राईगाउँमा डिजिटल एक्स–रे मार्फत स्क्रिनिङ क्याम्प संचालन भएको छ । समुदायमा लुकेर रहेका सक्रिय क्षयरोगको खोजपड्ताल कार्यक्रम अन्तर्गत बुधबार बागमती गाउँपालिकाको स्वास्थ्य शाखाले स्क्रिनिङ क्याम्प संचालन गरेको हो । स्क्रिनिङ क्याम्पमा ३ सत ६१ जनाको डिजिटल एक्स–रे मार्फत स्वास्थ्य परिक्षण गर्नुका साथै नमुना संकलन गरिएको छ । जसमध्ये १७ जनामा क्षयरोग पुष्टि भएको बागमती गाउँपालिकाको स्वास्थ्य शाखाका प्रमुख दिनेश गुप्ताले बताउनुभयो । उहाँका अनुसार ४८ जना शंकास्पदको नमुना संकलन गरी परिक्षणका लागि हेटौंडा अस्पताल पठाइएको छ । जसको रिपोर्ट बिहिवार आउने उहाँले बताउनुभयो । क्षयरोग पुष्टि भएकाहरुको गाउँपालिकाले निशुल्क उपचार…
Read More
मनहरीमा बाघको आक्रमणबाट एक जना महिलाको ज्यान गयो।

मनहरीमा बाघको आक्रमणबाट एक जना महिलाको ज्यान गयो।

मनहरी गाउँपालिका-५ बसन्तपुरमा आइतबार साँझ बाघको आक्रमणबाट एक वृद्धा महिलाको मृत्यु भएको छ। घाँस काट्न बारीको छेउमा गएकी ७२ वर्षीया कान्छीमाया रुम्बाको बाघले आक्रमण गरी ज्यान लिएको हो। घाँस काट्न गएको लामो समयसम्म नफर्केपछि खोज्न गएका युवाहरूले बाघ छाडेको शव भेटेका थिए। घटनास्थलमै शवको टाउको र तिघ्राको मासु बाघले लुछेको अवस्थामा भेटिएको छ। घटनास्थल मनहरी गाउँपालिका-५ को कार्यालयबाट करिब १ सय मिटर पश्चिममा पर्छ। घटना भएको गाउँ केही समयअघि मात्र बाघलाई भैंसिले मारेर चर्चामा आएको थियो। तर, अहिले यो दुखद घटनाले गाउँमा त्रास र शोक फैलिएको छ। मनहरी गाउँपालिका–५ कै यही क्षेत्रमा केही महिना अघि एक भैँसिले बाघलाई मारेर चर्चामा…
Read More
बागमती १ माझगाउमा जेष्ठ नागरिकहरुलाई न्यानो ज्याकेट वितरण

बागमती १ माझगाउमा जेष्ठ नागरिकहरुलाई न्यानो ज्याकेट वितरण

१४ पौष २०८१/बागमती- बागमती गाउँपालिका वडा न.१ माझगाउमा जेष्ठ नागरिकहरुलाई न्यानो ज्याकेट वितरण गरिएको छ। आर्थिक अवस्था कम्जोर ,बिपन्न वडा न. १ भित्रका बृद्ध बृद्धाहरुलाई एक कार्यक्रमका बीच ज्याकेट बितरण गरिएको हो। बागमती गाउँपालिका वडा न.१ का कार्यवाहक अध्यक्ष हस्त बहादुर थिङ अबिनासको पहलमा ५४ जनालाई न्यानो ज्याकेट वितरण गरिएको वडा सदस्य ज्ञान बहादुर राईल जानकारी दिनु भयो। चिसोका कारण बिपन्न जेष्ठ नागरिकहरुले धेरै कष्टकर जिबन यापन गर्नु परि रहेको भन्दै सहयोगी दाता मार्फत उहाहरुलाई सहयोग गरेको बताउनु भयो। बागमती गाउँपालिका वडा न.१ निवासी सोम बहादुर बल तामाङले हजुरबुवा नर बहादुर बलको र बुवा ज्ञान बहादुर बलको १५ औं स्मृति…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.