बागमती गाउँपालिकाले कृषकहरुलाइ बिना ब्याजी ऋण प्रदान गर्दै।

१३ फागुन २०८०,आइतबार

वागमती – वागमती गाउँपालिकामा बीउ पुँजी कोष सञ्चालन कार्यक्रमको लागि आवेदन आवहान गरिएको छ। गत फागुन ८ गते सूचना प्रकाशित गर्दै पालिकाले उक्त विषयमा आवेदन आह्वान गरेको हो। कार्यक्रममा सहभागी भई लाभ लिन आवश्यकमापदण्ड पूरा गरेका र सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र कार्यालय समयमा आइपुग्ने गरी सम्बन्धित कागजात गाउकार्यपालिकाको कार्यालय झुरझुरेमा आवेदन दर्ता गर्न आवहान गरिएको सूचनामा उल्लेख छ। साथै उक्त कार्यक्रम सञ्चालनको लागि आवेदन दर्ता गर्नका लागि पालिकाको तर्फबाट ९५ हजार नबढ्ने गरी कुल लागतको ८० प्रतिशत ऋण सहयोग गरिने सूचनामा उल्लेख छ।विउपुजी कार्यक्रम अन्तर्गत कृषकले पाउने रकम ऋण भएकाले कार्यक्रम कार्यान्वयन गरिएको तीन वर्षभित्र फिर्ता गर्नु पर्ने प्रावधान पनि रहेको सूचनामा उल्लेख छ। कार्यक्रममा सहभागी हुनका लागिआवेदन फारम, नेपाली नागरिकताको प्रतिलिपि, कृषक समुह एवम संस्थाको हकमा स्थाई लेखा नम्बर (PAN), दर्ता गरिएको कृषि फर्महरुको नवीकरण गरिएको पत्र त्यसैगरी संस्थाको हकमा बैठकको निर्णयको प्रतिलिपि, सम्बन्धित वडा कार्यालयबाट जारी सिफारिसर स्वघोषणा पत्र पनि पेस गर्नुपर्ने सूचनामा उल्लेख छ।

By radiojhurjhure

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.