नेपाल रेडक्रस सोसाइटी मकवानपुर शाखाको ५४ औं वार्षिक सभाबाट रेडक्रस सोसाइटी फापरबारी सम्मानित । ।

 

नेपाल रेडक्रस सोसाइटीको ५४ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। आईतबार हेटौँडा उपमहानगरपालिका -३ स्थित बस्माडिमा उक्त साधारण सभा भएको हो। जिल्ला सभापति लालबहादुर थापाको सभाध्यक्षतामा भएको सभामा नेपाल रेडक्रस सोसाइटीका केन्द्रिय अध्यक्ष डा सुदर्शन नेपालको प्रमुख आतिथ्यता रहेको थियो।

आज सम्पन्न भएको उक्त साधारण सभाले सोसाइटीको उपशाखा फापरबारीलाई मानव सेवा कार्य गरेबापत उच्च मूल्याङ्कनसहित सम्मानित गरेको छ। नेपाल रेडक्रस सोसाइटि मकवानपुर शाखाको २९ वटा उपशाखाहरुमध्य उच्च मुल्यांकन सहित नेपाल रेड्क्रस फापरबारी उपशाखा सम्मानित हुन सफल भएको हो। उक्त सम्मान पत्रलाई फापरबारी उपशाखाको सभापति शंकर कुमार पराजुलीले ग्रहण गरेका थिए।त्यसैगरी सभामा विशिष्ट अतिथिको रुपमा मकवानपुर जिल्ला समन्वय समितिका प्रमुख ललित घलान रहनुभएको थियो भने अतिथिहरुमा मकवानपुर जिल्ला सशस्त्र प्रहरीका वरिष्ठ उपरीक्षक सीताराम रिजाल र मकवानपुरका जिल्लाका प्रमुख जिल्ला अधिकारी सुदिप सेढाई आदिको आतिथ्यता रहेको थियो।

 

प्रतिक्रिया