माझि र मगर समुदायको लदि पर्वमा बागमती गाउँपालिकाले फागुन १५ गते सार्बजनिक बिदा दियो

लदि पर्वको अवसरमा भोलि बागमती गाउकालिकाले बिदा दिने भएको छ । माझी सामुदायको राष्ट्रिय पर्वको रुपमा मनाइने लदी पर्वको अवसरमा बागमती गाउपलिकाले बिदा दिएको हो । हिजो १३ गते एक सूचना जारी गर्दै पालिकाले बिदा दिएको सूचना सार्बजनिक गरेको हो।

माझी र मगर समुदायको उल्लेख्य बसोबास रहेको यस पालिकामा भोलि फागुन १५ गतेका दिन माझी समुदायको लदी पुजा र राष्ट्रिय मगर दिवसको अवसरमा सार्बजनिक बिदा दिने निणर्य भएको र उक्त दिन गाउपालिका भित्रका सम्पूर्ण सार्वजनिक  कार्यालय ,सरकारी कार्यालय , शिक्षण संस्था एवं बैक तथा बितिय संस्थाहरु बन्द रहने सुचनामा उल्लेख छ । माझी समुदायले नदीलाई आफ्नो कुल देवताको रुपमा पुजा गर्दै आएकाले यस पर्व (लदि) लाई अत्यन्तै महत्वपूर्ण पर्वको रुपमा लिइन्छ ।माझी समुदायको राष्ट्रिय पर्वको रूपमा मनाइने यस पर्वमा माझीहरूको परम्परागत संस्कृति र रीतिरिवाजको प्रदर्शनी हुने गर्दछ। नदीलाई आफ्नो कुल देवताको रुपमा मानी पुजा गर्ने चलन चल्दै आएको र आफूहरुको संस्कृति जोगाउनको लागि पूजा आयोजना गर्दै आइएको वडा नं ४का वडाअध्यक्ष दन्तलाल माझीले बताउनुभयो। विषेशगरी माझी जातिको उत्पत्ति थलोको रुपमा लिइने कोशी नदी र आफूहरुको वंशको सुरुवात कोशीको किनारमा भएको हुँदा उक्त नदीलाई नै कुल पूजा मानी पूजा गर्ने गरिएको उहाँले बताउनुभयो। कोशी पूजा लाई नैमाझीहरूको भाषामा लदी भनिने र लदि शब्दले नदीलाई बुझाउने पनि उहाँले बताउनुभयो।यसैगरी उहाँले पूजा अवधीभर सबै माझीहरू सक्रिय रुपमा सहभागी भई पूजा गरिने हुँदा माझीहरूको संस्कार संरक्षण एवम सम्बर्द्धनमा पनि टेवा पुग्ने विश्वास पनि व्यक्त गर्नुभयो।

By radiojhurjhure

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.