बागमती माविको व्यवस्थापन समिती चयनका लागि मतदान सम्पन्न ।

 

बागमती – बागमती गाउँपालिका वडा नम्बर २ राईगाउँस्थित बागमती माविको विद्यालय व्यवस्थापन समिती चयनका लागि मतदान भएको छ । सर्बसम्मत रुपमा नयाँ समिती चयन हुन नसकेपछि अभिभावकहरुले मतदान गरेका हुन् ।

नयाँ समिती चयनका लागि शुक्रबार ४ बजेसम्म मतदान समय तोकिएकोमा ३ सय ३० मत खसेका छन् । ४सय २१ मतदातामध्ये ३ सय २९ जनाले मात्र मतदान गरेको हो । मतदान गर्नेमा १ सय ४३ जना पुरुष र १ सय ८७ महिला अभिभावक रहेका छन् । जसमध्ये एक मत बदर भएको छ । अहिले मतगणना जारी छ ।

व्यवस्थापन समितीको अध्यक्षका लागि दुई उम्मेदवारबीच प्रतिस्पर्धा भइरहेको हो । जसमा माओवादी केन्द्रबाट विद्यालयका पुर्व व्यवस्थापन समितीका अध्यक्षसमेत रहनुभएकी सुनिता गोले खड्का उम्मेदवार हुनुहुन्छ । यस्तै नेपाली काङ्ग्रेस, नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट बागमती–२ का निर्वमान वडाध्यक्षसमेत रहनुभएका जगत बहादुर भोलन हुनुहुन्छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत झम्कनारायण घलान निर्वाचन आयुक्त रहनुभएको निर्वाचन मण्डलमा पालिकाका शिक्षा शाखाका निमित्त प्रमुख प्रमोद कुमार राई लगायत हुनुहुन्छ । मतदान कार्यक्रममा गाउँपालिकाका अध्यक्ष सर्केश घलान र उपाध्यक्ष फणिन्द्र तिमल्सिना लगायतको आतिथ्यता रहेको थियो ।

By radiojhurjhure

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.