बागमती मा.वि. मा एमाले ,काङ्ग्रेस ,राप्रपा नेपाल र रास्वपा सहितको गठनबन्धन पराजित ,माओवादी निकट खड्काको प्यानल बिजय ।

 

बागमती: बागमती गाउँपालिका वडा नम्बर २ राईगाउँस्थित बागमती माविको विद्यालय व्यवस्थापन समितीका लागी  बच्छु गोले खड्काको प्यानल  निर्वाचित भएका छन । विद्यालयको नयाँ व्यवस्थापन समिती चयनका लागि शुक्रबार भएको निर्वाचनमा प्रतिद्वन्द्वी जगत बहादुर भोलनको प्यानललाई ३८ मतले पराजित गर्दै  खड्काको प्यानल बिद्यालय ब्यवस्थापन समिति  निर्वाचित भएको हो ।

निर्वाचनमा नेकपा माओवादी केन्द्र निकट प्यानलको उम्मेदवार खड्का सहितको प्यानलले  १ सय ७२ मत पाउनुभयो भने उहाँका प्रतिद्वन्द्वी नेकपा एमाले, नेपाली काङ्ग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल र राष्ट्रिय स्वतन्त्र पार्टीका साझा उम्मेदवार भोलनको प्यानलले १ सय ३८ मत पाउनुभयो । निर्वाचनमा खड्काले किताब चुनाव चिन्ह र भोलनले घर चिन्ह पाउनुभएको थियो । निर्वाचित गोले विद्यालयकी पुर्व व्यवस्थापन समितीका अध्यक्षसमेत हुनुहुन्छ भने पराजित भोलन बागमती-२ का निवर्तमान वडाध्यक्ष समेत हुन् ।सर्बसम्मत रुपमा नयाँ समिती चयन हुन नसकेपछि अभिभावकहरुले मतदान गरेका थिए। निर्वाचनमा ४ सय २१ मतदाता रहेकोमा ३ सय ३० मत मात्र खसेको थियो भने १५ मत बदर भएको छ ।

निर्वाचनमा खड्काको प्यानल नै विजयी भएको छ । खड्का प्यानलबाट उम्मेदवार सिर्जना श्रेष्ठ १ सय ७४ मत, जीवन पहरी १ सय ६४ मत र अनिता बराल १ सय ५५ मतसहित विजयी हुनुभएको छ । नवनिर्वाचित समितीलाई निर्वाचन आयुत्त झम्कनारायण घलानले सपथ ग्रहण गराउनुभएको छ ।

प्रतिक्रिया