समुदायको सस्कार, सस्कृतीसंग जोडिएको लोक बाजाहरुको संरक्षण गर्नु पर्छ :अध्यक्ष घलान

मौलिक लोक बाजा प्रबर्द्धन , संरक्षण तथा गायन प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ। मकवानपुरको बागमती गाउँपालिका वडा नम्बर ८ शान्तिपुरको बोर्डिङ चउरमा कार्यक्रम भएको हो। जोर मादल मिडिया प्रा.लि.को आयोजना र बागमती गाउँपालिकाको सहकार्यमा भएको बागमती प्रदेश प्रमुख कृष्ण प्रसाद दाहालको सभाध्यक्षता  प्रमुख अथिती बागमती गाउँपालिका अध्यक्ष सर्केश घलान हुनु हुन्थ्यो।

कार्यक्रममा  आफ्नो शुभकामना मन्तव्य राख्नु हुँदै प्रमुख अथिती एबम बाग्मती गाउँपालिका अध्यक्ष सर्केश घलानले आफ्नो लोक सस्कार ,सस्कृती जगेर्ना गर्नु पर्ने र त्यसका लागि सबै जना एक जुट अघि बड्नु पर्ने उहाँ ले बताउनु भयो। अबका दिनहरुमा हाम्रो ब्यवहारिक रुपमा स्थानीय स्तरमा भएका लोक बाजाको संरक्षण गर्नु पर्ने देखिएको उहाँको भनाइ छ।

यस कार्यक्रममा  लोक गायिका गिता योन्जन ,शुशिला लामा ,लोक दोहोरी गायक उदब कार्की  ,सेलो गायक मनोज बल,लोक दोहोरी गायक  राम कुमार सापकोट लगायतका कलाकारहरुको बेजोड प्रस्तुति रहेको थियो भने कार्यक्रममा अथितीमा जोर मादल बागमतीको संयोजक राधिका तिमल्सिना , वडा नम्बर ८ का अध्यक्ष इन्द्रमणि तिमल्सिना , वडा नम्बर ६ का अध्यक्ष टेक बहादुर डिम्डुङ हुनु हुन्थ्यो । साथमा  बागमती गाउँपालिकाको लोक संगीत प्रेमी महानुभाव तथा स्थानीयको उल्लेखनीय उपस्थितिमा बोन्बो म्हे म्हेहरुले आफ्नो सस्कार सस्कृतीको जगेर्ना स्वरुप  आफ्नो बोन्बो नाच प्रस्तुत गरेका थिए।

By radiojhurjhure

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.