कृषक समुहहरुलाइ स्प्रे पम्प बितरण गरिएको छ। बागमती गाउँपालिका वडा नम्बर ३, गडन कुटिभकारीमा आज एक कार्यक्रमका बिच उक्त सामाग्री वितरण गरिएको हो। बागमती गाउँपालिका वडा नम्बर ३ को आर्थिक सहयोग र बागमती गाउँपालिका कृषि शाखाको समन्वयमा किसानहरुले पम्पको अभावमा बेहोर्नु परेको दुखलाइ मध्य नजर गर्दै स्प्रे पम्प वितरण गरिएको वडा अध्यक्ष कमान सिं पाख्रीनले जानकारी दिनु भयो । वडा नम्बर ३का १४ ओटा कृषि समुहलाइ २० वटा स्प्रे पम्प वितरण गरिएको छ।
स्प्रे पम्प वितरण कार्यक्रमको प्रमुख अथिती एबम बागमती गाउँपालिका अध्यक्ष सर्केश घलानले उक्त सामाग्री हस्तान्तरण गर्नु हुदै ,श्रमको सम्मान नभएसम्म देशले प्रगति गर्नै नसकिने बताउनु भयो। साथै स्थानीय उत्पादनलाई बढाएर बजारबाट खरिद गर्ने कार्य कम गर्नु पर्ने उहाँको भनाइ थियो। भौतिक बिकासको कार्य अब अन्तिम अन्तिम भएको भन्दै अब सबै जना उत्पादन तिर लाग्नु पर्ने भनाइ राख्नु भयो। जनताको जनजिबिका माथी नउठेसम्म देश कहिले पनि परिवर्तन र बिकासको महसुस गर्न नसक्ने भन्दै परिवर्तन सबै मिलेर गर्न लाग्नु पर्ने बताउनु भयो ।
कार्यक्रममा वडा नम्बर ३ का अध्यक्ष एबम सभाध्यक्षले किसानको सिपलाइ सिर्जनामा र सिर्जनालाई उत्पादनमा जोडेर आर्थिक समृद्धिको यात्रामा अघि बड्न सकिने बिचार व्यक्त गर्नु भयो। परिवर्तनको लागि जीवन बलिदान दिन तयार भएर लडेर आयौं अझै केही गर्न बाकी रहेको उहाँले बताउनु भयो। कार्यक्रममा १४ बटा कृषि समुहका सदस्यहरु र विभिन्न संघ संस्थाका ब्यक्तित्वहरुको उपस्तिथि रहेको थियो।