बागमतीमा कुखुराको चल्ला बोकेको बोलेरो दुर्घटना ग्रस्त, चालक र सहचालक घाइते ।

बागमती – बागमती गाउँपालिका ५ स्थीत कोइराला दमारमा आज बिहान बलेरो दुर्घटना भएको छ। नवलपरासीबाट दोलखाको चरिकोट तर्फ जाँदै गरेको लु.च.४४०५ नम्बरको बलेरो दुर्घटनामा परेको हो। बिहान करिब ४ बजे मदनभण्डारी लोकमार्ग अन्तर्गत पर्ने  बागमती गाउपालीका वडा नम्बर ५,को कोइराला दमारमा एक्कासी अनियन्त्रित भई बोलेरो दुर्घटनाग्रस्त भएको हो। बोलेरोमा सवार दुई जना सामान्य घाइते भएका घाइते भएका छन ।घाइतेहरु नवलपरासी बर्दघाट नगरपालिका १४ घर भएका २३ वर्षका सन्दिप भुजेल र बर्दघाट नगरपालिकाकै  २१ वर्षका समुन्द्र सुनार रहेका छन्। उपचारका लागि घाइतेहरुलाई बागमती -४। मा रहेको सानभी हेल्थ पोलिक्लिनिकमा लागिएकामा सामान्य उपचारपछि फर्किएका छन् । तीमध्ये सन्दिप भुजेल बोलेरो चालक समेत रहेका छन्। बलेरोमा लोड गरी ल्याइएको १५०० वटा कुखुरा चल्ला दुर्घटनाको क्रममा केही चल्ला मरेका  छन् भने बाकी चल्लाको दानाको अभावमा मृत्यु हुने अबस्थामा छ्न।

By radiojhurjhure

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.