बागमती गाउँपालिकामा अपाङ्ग परिचय पत्र वितरण हुँदै। ।

बागमती गाँउपालिकामा अपाङ्गता परिचय-पत्र वितरण गरिँदै छ । पालिकाले आफ्नै कार्यालयकाे भवनबाट ९ वटै वडाका अपाङ्ग नागरिकलाई उक्त परिचय पत्र वितरण गर्ने भएको छ । पालिकाले शारीरिक र मानसिक अपाङ्ग भएकाहरूलाई सहज हुने गरि ३ दिने शिविरकाे आयाेजना गरेको हाे । शिविर वागमती गाउँपालिकाको कार्यपालिका भवनमा आयोजना गरिएको छ।

३ दिने शिविरकाे हिजो पहिलाे दिन वडा नं. १, २ र ३ का अपाङ्ग नागरिकलाई अपाङ्गता परिचय-पत्र वितरण गरिएकाे थियाे । उदघाटनकाे दिन बुधवार १४ जनाले अपाङ्गता परिचय-पत्र प्राप्त गरेका छन । जस मध्ये रातो ‘क’ वर्गकाे १ जना, निलो ‘ख’ वर्गकाे ११ जना र पहेँलो ‘ग’ वर्गकाे २ जना गरि जम्मा १४ जनाले परिचय-पत्र प्राप्त गरेका हुन्। १ जनाको परिचयपत्र अध्यावधिक गरिएसँगै र १३ जनालाई नयाँ परिचय-पत्र प्रदान गरिएको छ ।शिविर आज वडा नं. ४, ५, र ७ मा संचालन गरिने छ । रत्यसैगरी शिविरको अन्तिम दिन अर्थात भोलि चैत्र २ गते वडा नं. ६, ८र ९ नागरिकहरुका लागि सञ्चालन गरिने स्वास्थ्य शाखाका प्रमुख दिनेश गुप्ताले जानकारी दिनुभयो।बागमती गाउँपालिका वडा नं ३ का वडा अध्यक्ष कमान सिं पाख्रिनले अपाङ्गहरुको पहिचान र सेवामा सहभागी हुन पाउंदा खुशी लागेको बताउनु भएकाे छ । रेडियो झुराझुरेसँग कुराकानी गर्दै बागमती गाउँपालिका सामाजिक विकास संयाेजक समेत रहेका पाख्रिनले अपाङ्गहरुलाई शिविर स्थलसम्म ल्याइपुर्याइ सहयोग गरिदिन सम्बन्धित सरोकारवालाहरुसँग अपिल गर्नु भएकाे छ ।सिंहदरबारको अधिकार घर घरमा भन्ने नाराका साथ सरकारले स्थानीय तहलाई प्रदान गरेको अधिकारअनुसार गाँउपालिकाले परिचय-पत्र वितरण गरेको हो ।
पालिकाले गत बैशाख महिनामा मात्रै शिविर सञ्चालन गरेको थियाे । शिविर बार्षिक रुपमै सञ्चालनमा ल्याउने र आवश्यक्ता हेरि ३ महिनामा १ पटक शिविरकाे आयाेजना गर्न सकिने पालिकाका सामाजिक विकास शाखा प्रमुख विनिता मरासिनीले जानकारी दिनुभयो ।

प्रतिक्रिया