बागमती: मकवानपुरको बागमती गाउँपालिकामा कक्षा १देखि ९ सम्मको वार्षिक परीक्षा सुरु भएको छ। शुक्रबारबाट पालिकाभित्रका ५० ओटै विद्यालयमा परिक्षा सुरु भएका छन् ।५० वटा विद्यालय मध्ये ३२ वटा विद्यालयमा कक्षा ५ र ८ को बार्षिक परिक्षा सुरु भएको पालिका शिक्षा विकास शाखाका निमित्त प्रमुख प्रमोद कुमार राइले बताउनुभयो ।
परिक्षाको पहिलो दिन शुक्रबार अङ्ग्रेजी विषयको परीक्षा भएको छ । परिक्षाका लागि पालिकाले शिक्षकहरुलाई अन्तर विद्यालयमा केन्द्राध्यक्ष तोकेर खटाइएको छ । परिक्षामा कक्षा ५ मा ६ सय २५ विद्यार्थी र कक्षा ८ मा ५ सय ४३ जना विद्यार्थी छन् । जसमध्ये पहिलो दिन कक्षा ८ मा १३ जना विद्यार्थी अनुपस्थित रहेका छन् । परिक्षा चैत ९ गतेसम्म संचालन हुनेछ ।