फापरबारी दुग्ध सहकारीको साधरण सभा सम्पन्न।

फापरबारी दुग्ध सहकारीको साधरण सभा सम्पन्न भएको छ। आज दिउसो बागमती गाउँपालिका वडा नम्बर ६को फापरबारी बजारमा रहेको बेतिनी हेल्थपोस्टको सभा हलमा कार्यक्रम भएको हो । फापरबारी दुग्ध उत्पादक सहकारी सस्था लिमिटेडका अध्यक्ष ध्रुव थापाको सभाध्यक्षमा भएको कार्यक्रमको प्रमुख अथिती बागमती गाउपालिका अध्यक्ष सर्केश घलान हुनुहुन्थ्यो।

कार्यक्रममा आफ्नो मन्तव्य राख्नु हुँदै अध्यक्ष घलानले किसानलाई उत्पादन मात्रै गर्नु भनेका छैनौ चाहिने आवश्यक अनुदानको ब्यवस्था पनि गरेका छौ त्यसलाई किसानले इमानदारीता पुर्बक सदुपयोग गर्नु पर्ने बताउनु भयो। यसै क्रममा बिगतमा भएका कमिकम्जोरीलाइ सच्याउदै अगाडी बढ्न आग्रह समेत गर्नु भयो। दुग्ध सहकारीको कमिकम्जोरीले गर्दा किसानहरु निरास हुने अवस्था हुनु नहुने बताउनु उहाँको भनाइ थियो। आफ्नो ठाउँमा उत्पादन गरेर किसानलाई आत्म निर्भर वा जीवन स्तर उकास्न सके मात्रै परिणाम देखिने अध्यक्ष घलानले बताउनु भयो।

फापरवारि दुग्ध उत्पादक सहकारीका अध्यक्ष एबम कार्यक्रमको सभाध्यक्ष ध्रुव थापाले किसानले पाउनु पर्ने दुधको रकम पहिलाको जसरी सहकारीले रोकेका छैनौ , पहिला भन्दा चुस्त दुरुस्त ढंगले सन्चालन गरेका छौ थापाले भन्नू भयो बिरोधिहरुले मेरो गिल्ला गरेर विभिन्न नाम काटेर कटाक्ष गरेता पनि आफुले आफ्नो जिम्मेवारीबाट कहिले पनि बिचलित नभएको बताउनु भयो। दुग्ध सहकारी संचालक समितिका सचीवले सहयोग नगरेको गुनासो समेत राख्नु भयो।

 

By radiojhurjhure

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.