बागमतीको कायरमा करेन्ट लागेर एक जनाको ज्यान गयो।

बागमती :कायरमा करेन्ट लागेर एक जनाको ज्यान गएको छ। बागमती गाउँपालिका वडा नम्बर ८ कायर निवासी देवराम रुम्बाको आज बिहान करेन्ट लागेर ज्यान गएको हो। हिजो बेलुकाको हावाहुरीले आफ्नै खेत भित्र रहेको बिजुली पोलबाट तार लतृएको कारण देवरामको ज्यान गएको हुन सक्ने इलाका प्रहरी कार्यलय फापरबारीले जानकारी दिएको छ। थप अनुसन्धानको र पोस्टमार्टम लागि हेटौंडा लैजाने तयारी भैरहेको इलाका प्रहरी कार्यलय फापरबारीले जानकारी दिएको छ।

प्रतिक्रिया