२५ चैत ,२०८० ,आइतबार
बागमती -बागमती गाउँपालिका वडा नम्बर ५ बगेरिको बागमती आधारभूत बिद्यालयमा वित्तीय साक्षारता कार्यक्रम सम्पन्न भएको छ। बागमती गाउँपालिका सानिमा बैंक झुरझुरे शाखाले आइतबार आज बगेरीमा गरेको कार्यक्रममा बित्तिय साक्षरता बारे तालीम दिएका थिए। Rotaract club of Hetauda को सहयोग र सानिमा बैक झुरझुरे शाखाको सहकार्यमा भएको यस कार्यक्रममा लगभग ३५ जनाले तालिममा सहभागिता जनाएका थिए।
कार्यक्रमको मुख्य उद्देश्य भनेको बैंकिङ कारोबार सम्बन्धी ,डिजिटल बैंकिङ,खाताको प्रकारहरु,चेक भर्ने, साथै दैनिक रुपमा आवश्यक कारोबार सम्वन्धी सचेतना जगाउनु रहेको सनिमा बैंक झुरझुरे शाखा म्यनेजर दिपा सुबेदीले जानकारी दिनु भयो। कार्यक्रममा पुर्व वडा अध्यक्ष बुद्धिमान माझी सोही बिधालयको प्रधानाध्यापक गोकर्ण थापा बागमती गाउँपालिका झुरझुरे शाखाकी म्यानेजर दिपा सुवेदी ,कर्मचारी दिपेन्द्र रोका, गौरव पोखरेल, Rotaract club of hetauda को अध्यक्ष अमृत बर्तौला ,कोषाध्यक्ष इस्वर बिडारी, पुर्व अध्यक्ष रबि पौडेल लगायतका अथितीहरुको उपस्थितिमा वार्षिक वित्तीय साक्षरता कार्यक्रममा सम्पन्न भएको थियो।