एमाले,काङ्ग्रेस सहितको गठबन्धनलाई पराजित गर्दै माओवादी प्यानल बिजय।

बागमति :सुर्य माध्यमिक विद्यालयमा निर्वाचन सम्पन्न भएको छ। बागमती गाउँपालिका –१ मा रहेको सूर्य माध्यमिक विद्यालयको व्यवस्थापन समितिमा प्यानल सहितअध्यक्षमा
बिर बहादुर राई बिजयी भएका छन्। समितिका चार सदस्य चयनका लागि हिजो शुक्रबार चुनावभएको थियो ।

दलीय समूह खडा गरी गरिएको चुनावमा एमाले र कांग्रेसको संयुक्त गठबन्धनलाई पराजित गर्दै माओवादी केन्द्रकाे प्यानलबाट चार सदस्य विजयी भएका हुन् । माओवादी प्यानलवाट दिल कुमारी घिसिङले निर्वाचन चिन्ह कुर्सीमा १ सय ४५ मत, सरिता राईले निर्वाचन चिन्ह चस्मामा १ सय ४४ मत जय बहादुर पाख्रिनले निर्वाचन चिन्ह घरमा १ सय ४५ मत र पूर्ण बहादुर गोलेले निर्वाचन चिन्ह रेडियोमा १ सय ४५ मत प्राप्त गरी विजयी भए ।
त्यस्तै, कांग्रेस र एमाले प्यानलबाट उम्मेवारी दिए‌का सजना बाेम्जन, मिना राई, यज्ञबहादुर श्रेष्ठ र दिल बहादुर बोम्जन पराजित भए । बाेम्जनकाे निर्वाचन चिन्ह किताब, राईको निर्वाचन चिन्ह भित्ते घडी, श्रेष्ठको निर्वाचन चिन्ह पंखा र बोम्जनको निर्वाचन चिन्ह गमलामा क्रमशः १ सय ३०, १ सय २९, १ सय २८ र १ सय २९ मत प्राप्त गरेका थिए।

कक्षा १० सम्म संचालनमा रहेको सो विद्यालयकाे भर्ना अभिलेख अनुसार भर्ना भएका ४ सय ७८ बालबालिकाका २ सय ९३ जना अभिभावकहरु मध्ये महिला १ सय ५४ जना र पुरुष १ सय २४ जना गरी जम्मा २ सय ७८ जना अभिभावकले निर्वाचनमा मतदान गरेका थिए। जसमध्ये २ सय ७६ मत सदर र २ मत पूर्णरुपमा बदर भएको थियो। निर्वाचनमा मतदानको कार्य शुक्रबार विहान ९ बजेदेखि अपरान्ह २ बजेसम्म चलेको थियो । अपरान्ह २:३० बजेदेखि सुरु भएको मतगणना कार्य ४:१० बजे सपन्न भएको भएको थियो ।
विद्यालय व्यवस्थापन समिति गठन गर्न अविभावकको मतदानले कम्तिमा दुई महिलासहित चार सदस्य निर्वाचित गर्नुपर्ने र दुई सदस्य, शिक्षक स्टाफहरु मध्येबाट एक शिक्षक सदस्य, सम्बन्धित वडाका वडा अध्यक्ष वा निजले तोकेको एक पद्देन सदस्य र विद्यालयको प्रधानाध्यापक गरी ९ जना सदस्यसहितको समिति रहने व्यवस्या छ। पालिकाकाे ऐन अनुसार बहालवाला जनप्रतिनिधि तथा शिक्षक अध्यक्ष हुन नसक्ने व्यवस्था छ। आभिभावकबाट निर्वाचित चार र मनोनित दुई सदस्यबाट व्यवस्थापन समितिको अध्यक्ष बन्ने ऐनमा व्यवस्था छ भने प्रधानाध्यापक सदस्य सचिव रहने छ।

प्रतिक्रिया