बागमती गाउँपालिका वडा नम्बर ९ टिनटारमा विद्युत बिस्तार गर्ने कार्य सम्पन्न भएको छ। आज सोमबार दिउँसो २ बजे विद्युत बिस्तार तथा उदघाटन सम्पन्न भएको हो बागमती गाउँपालिकाको उत्तरी क्षेत्र वडा नम्बर ९ टिनटारमा लामो समय देखि भौगोलिक कठिनाइका कारण विद्युत बिस्तार हुन सकेको थिएन।विद्युत बिस्तार पश्चात् त्यस ठाउँका जनताले सिंचाइ बिस्तार देखि आवश्यकताका आधारमा सान घरेलुु उद्योग संचालन गर्न सक्ने आधार बनेको छ।
बागमती गाउँपालिकाको समग्र क्षेत्रको बिकास र समृद्धिको लागि निकै चासोका साथ अघि बढिरहेका युवा नेता ,बागमती गाउँपालिका अध्यक्ष एबम विद्युत उदघाटन कार्यक्रमका प्रमुख अथिती सर्केश घलानले विद्युतको ट्रन्समिटरबाट बत्ती बालेर उदघाटन गर्नु भएको थियो।यसै क्रममा अध्यक्ष घलानले यस गाउँपालिकाको जनतालाई निराशाबाट आशा जगाउने काम स्थानीय सरकार र राज्यको सबै निकायबाट हुनु पर्ने बताउनु भयो। विद्युतको सहि सदुपयोग गर्दै जीवन स्तर उकास्ने तर्फ लाग्न त्यहा समुदायलाई आग्रह समेत गर्नु भयो। यसै क्रम विद्युतलाई खेलाची नगरी घर र समुदायमा हुने जोखिमहरुबाट बच्न अग्रिम होशियारी अपनाउनु पर्ने बताउनु भयो।
विद्युत बिस्तार कार्यक्रममा अथितीको रुपमा नेपाल विद्युत प्रधिकरण ,हेटौंडा वितरण केन्द्रका प्रमुख शिबराम यादवको पनि उपस्थिति रहेको थियो। कार्यक्रम बोल्नु हुँदै प्रमुख यादवले प्राविधिक कुराहरुमा समस्य आएमा सिधा प्रधिकरणको प्राबिधिकहरुलाइ वा सम्वन्धित निकायलाई खबर गर्न अनुरोध गर्नु भयो। कार्यक्रममा बागमती गाउँपालिका प्रशासकीय अधिकृत झम्क नारायण घलान, हेटौंडा वितरण केन्द्रका कर्मचारी तथा आइटी अफिसर जिबन लामा, फापरबारी फ्युज शाखा प्रमुख डिल्ली सापकोटा , वडा ९ का समाजसेवी इन्द्रबहादुर थोकर लगायत अन्य स्थानीयहरुको उल्लेख्य उपस्थिति रहेको थियो।