बृहत धार्मिक तथा ब्यापारीक रामनवमी मेला धुमधामका साथ हुँदै ।

५ बैशाख २०८१,बुधबार

बागमती -मकवानपुरको पूर्वीमकवानपुरको पूर्वी बेल्ट बागमती गाउँपालिकामा हिजो ४ गतेबाट रामनवमी मेला सुरु भएको छ। बागमती गाउँपालिका ८ शान्तिपुरमा आयोजना गरिएको मेला आजबाट सुरु हुने भएको हो। मेला ब्यवस्थापन समितीका संयोजक प्रकाश सन्जेलको सभाध्यक्षमा भएको कार्यक्रमको उदघाटन बागमती प्रदेश सभाका सदस्य प्रेमबहादुर पुलामिको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा अथितीका रुपमा वडा नम्बर ६ का अध्यक्ष टेक बहादुर डिम्डुङ,वडा नम्बर ८ का अध्यक्ष इन्द्रमणि तिमल्सिना , जिल्ला फुटबल संघका वरिष्ठ उपाध्यक्ष तथा नेकपा माओवादी केन्द्र बागमतीका अध्यक्ष अरुण बल , नेपाल रेडक्रस सोसाइटी फापरवारि उपशाखा सभापति शंकर कुमार पराजुली , नेकपा एमाले बागमती गाउँकमिटी अध्यक्ष नर बहादुर घलान,इलाका प्रहरी कार्यलयका इन्सपेक्टर नारायण थापा सधैँजसो चैत महिनाको शुक्लपक्षमा पर्ने रामनवमी मेला यसपाली भने तिथिमिति परिवर्तनको कारण वैशाखमा पर्न गएको छ।

देशका विभिन्न स्थानमा सांस्कृतिक कार्यक्रमहरु आयोजना गरी रामनवमी मनाउने गरिन्छ। तसर्थ बागमती गाउँपालिकाको फापरबारीमा पनि रामनवमीको अवसर पारेर हिजोबाट मेला सुरु भएको छ। मेलामा स्थानीय स्तरमा उत्पादित विभिन्न बस्तुहरुको प्रदर्शनी गर्ने गरिन्छ। मेलामा स्थानीय स्तरमा उत्पादन भएका माछा, फलफूल, तरकारी र बाँसबाट बनेका विभिन्न सामानहरू किनबेच गर्ने गरिन्छ। मेलाको आकर्षणलाई थप बढाउनको लागि राष्ट्रिय तथा स्थानीय कलाकारहरुको समेत बेजोड प्रस्तुति समेत रहने र यस मेला बैशाख ४ गते देखि ६ गतेसम्म संचालन हुने मेला आयोजक समितिका संयोजक प्रकाश सन्जेलले जानकारी दिएको छ। बेल्ट बागमती गाउँपालिकामा हिजो ४ गतेबाट रामनवमी मेला सुरु भएको छ। बागमती गाउँपालिका ८ शान्तिपुरमा आयोजना गरिएको मेला आजबाट सुरु हुने भएको हो। मेला ब्यवस्थापन समितीका संयोजक प्रकाश सन्जेलको सभाध्यक्षमा भएको कार्यक्रमको उदघाटन बागमती प्रदेश सभाका सदस्य प्रेमबहादुर पुलामिको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा अथितीका रुपमा वडा नम्बर ६ का अध्यक्ष टेक बहादुर डिम्डुङ,वडा नम्बर ८ का अध्यक्ष इन्द्रमणि तिमल्सिना , जिल्ला फुटबल संघका वरिष्ठ उपाध्यक्ष तथा नेकपा माओवादी केन्द्र बागमतीका अध्यक्ष अरुण बल , नेपाल रेडक्रस सोसाइटी फापरवारि उपशाखा सभापति शंकर कुमार पराजुली , नेकपा एमाले बागमती गाउँकमिटी अध्यक्ष नर बहादुर घलान,इलाका प्रहरी कार्यलयका इन्सपेक्टर नारायण थापा सधैँजसो चैत महिनाको शुक्लपक्षमा पर्ने रामनवमी मेला यसपाली भने तिथिमिति परिवर्तनको कारण वैशाखमा पर्न गएको छ।

देशका विभिन्न स्थानमा सांस्कृतिक कार्यक्रमहरु आयोजना गरी रामनवमी मनाउने गरिन्छ। तसर्थ बागमती गाउँपालिकाको फापरबारीमा पनि रामनवमीको अवसर पारेर हिजोबाट मेला सुरु भएको छ। मेलामा स्थानीय स्तरमा उत्पादित विभिन्न बस्तुहरुको प्रदर्शनी गर्ने गरिन्छ। मेलामा स्थानीय स्तरमा उत्पादन भएका माछा, फलफूल, तरकारी र बाँसबाट बनेका विभिन्न सामानहरू किनबेच गर्ने गरिन्छ। मेलाको आकर्षणलाई थप बढाउनको लागि राष्ट्रिय तथा स्थानीय कलाकारहरुको समेत बेजोड प्रस्तुति समेत रहने र यस मेला बैशाख ४ गते देखि ६ गतेसम्म संचालन हुने मेला आयोजक समितिका संयोजक प्रकाश सन्जेलले जानकारी दिएको छ।

By radiojhurjhure

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.