एमाले ,काङ्ग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टीका जिम्मेवार दर्जनौं नेताहरु माओवादीमा प्रबेश।

बागमती – बागमती गाउँपालिकाको विभिन्न पार्टी परित्याग गरि नेकपा माओवादी केन्द्रमा प्रवेश  गरेका छ्न। आज बागमती गाउपालिका वडा नम्बर ४ झुरझुरेमा भएको  पार्टी प्रवेश कार्यक्रममा  नेपाली काङ्ग्रेस , नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीका दर्जनौं नेता तथा कार्यकर्ताहरु नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका हुन।नेकपा माओवादी केन्द्र मकवानपुर जिल्लाको आधार क्षेत्र मानिने बागमती गाउँपालिकामा स्थानीय तहको सरकार पनि माओवादीकै छ। बागमती गाउँपालिका वडा नम्बर ६ बाट नेकपा एमाले युवा संघ नेपाल गाउँकमिटी सदस्य निर्माल राई, गाउँकमिटी सदस्य ज्ञान बहादुर राई,ज्योति राम राई ,भिम बहादुर राई लगायतका शिर्ष नेताहरू माओवादी प्रवेश गरेका छन भने वडा नम्बर ९ बाट जितमान बल ,सुजन तुम्सिङ,शेर बहादुर भोम्जन ,श्रबन भोम्जन, सन्त बहादुर भोम्जन रहेका छन। सथै वडा नम्बर १ का नेपाली काङ्ग्रेस प्रभावशाली पुरानो नेता औतार सिङ घिसिङ , ज्ञान बहादुर थिङ , मान बहादुर रुम्बा, अमृत पाख्रीन र सरोज पाख्रीन माओवादी प्रवेश गरेक हुन। यस्तै वडा नम्बर २ का नेपाली काङ्ग्रेसका  प्रभाबशाली  नेता प्रेम बहादुर माझि ,वडा नम्बर ४ नेपाली काङ्ग्रेस कृयाशिल सदस्य  वीर बहादुर माझीले पार्टी परित्याग गरि माओवादीमा प्रबेश गरेका छन। यस्तै नेकपा एमालेमा २७ बर्षसम्म सदस्य रहि काम गरेका हाल बागमती गाउँकमिटी सदस्य बाबू बल ,नेकपा एमाले वडा सचीव टीका बहादुर भोलन,शिव राई,नबराज थिङ  र राष्ट्रिय स्वतन्त्र पार्टीबाट रन्जित थापा र सुमन थापा माओवादी केन्द्रमा प्रवेश गरेका छन । प्रवेश भएका सबै नेता तथा कर्याकर्ताहरुलाइ नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य एबम बागमती प्रदेश सामाजिक बिकास मन्त्री कुमारी मोक्तान , केन्द्रिय सदस्य एबम मकवानपुर जिल्ला इन्चार्ज बिजय गौतम , प्रदेश कमिटी सचिवलय सदस्य एबम  बागमती गाउँपालिक अध्यक्ष सर्केश घलान, वीर बहादुर घलान , ललित घलान ,कमान सिं पाख्रीन, ज्ञान सागर लामा ,सुनिता खड्का ,सुमन पाख्रीन, साजन अधिकारी लगायतका अथितीहरुले खादा लगाएर नेकपा माओवादी केन्द्रमा स्वागत गरेका थिए।

नेकपा माओवादी केन्द्र बागमती गाउँकमिटी अध्यक्ष अरुण बलको सभाध्यक्षतामा भएको पार्टी प्रवेश कार्यक्रममा बागमती प्रदेश सामाजिक बिकास मन्त्री एबम नेकपा माओवादी केन्द्रको केन्द्रिय सदस्य कुमारी मोक्तानको प्रमुख आथित्यतता रहेको थियो।मन्त्री मोक्तानले हजारौं सहिद,घाइते ,बेपत्ता र अपांगहरुको बलिदानले बनेको पार्टी जनताकै साथमा रहने र जनताकै हकहित सेवामा तल्लिन रहनु पर्ने बिचार व्यक्त गर्नु भयो। मन्तव्यकै क्रमम बागमती गाउँपालिका सहिदको रगत सिन्चित भएको भूमि हो। यस भूमिमा यहाँका जनताको आशा बिरुवा रोप्नु पर्ने बताउनु भयो।
पार्टी प्रवेश कार्यक्रमका अथिती  नेकपा माओवादी केन्द्रको केन्द्रिय सदस्य तथा माओवादी केन्द्र मकवानपुरको इन्चार्ज  बिजय गौतमले दस बर्ष लामो जनयुद्ध र जनआन्दोलनबाट प्राप्त उपलब्धि सस्थागत गर्दै लैजाने बेला भएकोले अरु पार्टीमा भन्दा माओवादी पार्टी बसेर संघर्श गर्नु पर्ने बताउनु भयो । उहाँले यो सबै दल भित्र रहेका नेता कार्यकर्ताले माओवादी धार बिचारलाई अगाल्दै एकजुट भएर देशको बिकास तर्फ अघि बड्नु पर्ने बिचार व्यक्त गर्नु भयो।

,कार्यक्रमको अथिती प्रदेश कमिटी सचिबलय सदस्य सर्केश घलान मधुले जनताको जीवन स्तर नबदलेसम्म परिवर्तन परिकल्पना गर्न नसकिने बताउनु भयो। मन्तव्य क्रममा  घलानले  भन्नू भयो यो बेला श्रमसंगै पार्टीको काम गर्ने तवर तरिकामा कहि गलत भए सुधार गर्दै सबै नेताहरू जनताको घर दैलोमा पुग्नु पर्ने बताउनु भयो। पार्टी जुन सुकै भए पनि यो देशमा जनतालाई सरकार भएको महशुस गराउनु पर्ने बिचार व्यक्त गर्नु भयो। प्रदेश कमिटी सचिवलय सदस्य घलानले काम नगरी जनतालाई भ्रममा पारी खाने जमात बढी भएको भन्दै , ती गलत प्रवृत्ति भएका ब्यक्तिहरु बागमती गाउँपालिका बासिले बुझ्नु पर्ने बताउनु भयो। कार्यक्रममा आफ्नो मन्तव्य राख्दै   मकवानपुर जिल्ला सचीव वीर बहादुर घलान ज्वालाले बागमती गाउँपालिकाको बिकास  र यहाँको जनतामा आएको परिवर्तन ,माओवादी प्रतिको झुकापले सबैलाई ठाउँको जनतालाई सोच्न बाध्य बनाएको बताउनु भयो। उहाँ यो सन्देश सबै जिल्ला ,पालिका र नगरमा पुग्नु पर्ने बताउनु भयो।यस पार्टी प्रवेश कार्यक्रममा  प्रदेश कमिटी सदस्य भिम पाख्रीन, कमान सिं पाख्रीन, सुनिता खड्का गोले , ललित घलान, बागमती  वाइसीएलका इन्चार्ज साजन अधिकारी , सह इन्चार्ज सुमन पाख्रीन, बागमती ज्ञान सागर लामा, मकवानपुर जिल्ला माओवादी पार्टी कार्यलय सचिब हस्त बहादुर थिङ  उपस्थिति रहेको थियो भने कार्यक्रमको सन्चालन बागमती गाउँकमिटी सचिब रहर सिं थिङले गरेका थिए।

By radiojhurjhure

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.