बागमती गाउँपालिका माओवादी मय बन्दै, पार्टी प्रवेश रोकिएन।

बागमती गाउँपालिका,२ राइगाउका माझी समुदाय सबै माओवादी केन्द्रमा प्रवेश गरेका छ्न। नेकपा माओवादी केन्द्र वडा नम्बर -०२ कमिटीले राइगाउमा गरेको पार्टी प्रवेश कार्यक्रममा राइगाउको १९ जना नेपाली काङ्ग्रेस परित्याग गरि माओवादीमा प्रवेश गरेका छ्न।

नब प्रबेसीहरुलाई पार्टी प्रवेश कार्यक्रमका प्रमुख अथिती नेकपा माओवादी केन्द्र प्रदेश कमिटी सचिवलय सदस्य एबम बागमती गाउँपालिका अध्यक्ष सर्केश घलानले खादा लगाएर स्वागत गरेका थिए। कार्यक्रम अध्यक्ष घलानले यो देशलाई माया गर्नेहरूलाई केही बदमासहरुले रोक्न खोज्छ्न तर अन्तत सफल भएर छोड्ने बताउनु भयो।जनतालाई भ्रममा राखेर अझै खुरापाती कुरा गर्दै झुक्याएर कानुन लेख्ने ठाउँमा पुगेको भन्दै आदिवासी जनजाति , दलित , समुदायले पाएको अधिकार गुम्ने खतरा रहेको बिचार व्यक्त गर्नु भयो।

कार्यक्रममा बागमती प्रदेश कमिटि सदस्य बच्छु खडक गोले , बागमती प्रदेश कमिटी सदस्य तथा बागमती गाउँ कमिटी पार्टी इन्चार्ज ज्ञान सागर भोलन , मकवानपुर जिल्ला सदस्य तथा २ नम्बर वडा अध्यक्ष जनक बहादुर पहरी , बागमती गाउँ कमिटी पार्टी अध्यक्ष अरुण बल , बागमती गाउँ पार्टी कमिटी सचीव रहर सिं थिङ , बागमती गाउँ कमिटी सदस्यहरुको आथित्यता रहेको थियो भने कार्यक्रमको संचालन नेकपा माओवादी केन्द्र बागमती गाउँपालिका वडा न.२ का अध्यक्ष राजकुमार सेन्चुरीले गरेका थिए।

प्रतिक्रिया