बागमती – मकवानपुर ,बागमती गाउँपालिका वडा नम्बर ४ पाँचपाण्डवको पंचकन्या आधारभूत बिधालयको हिजो १२ गते अभिभावक भेला सम्पन्न भएको थियो। भेलाबाट चार सदस्य सर्वसम्मत थियो। आज भएको ४ प्रत्यक्ष र दुई मनोनीत सदस्य सहितको बैठकले पुर्ब बिद्यालय अध्यक्ष आशिष बल पुन अध्यक्षमा सर्ब सम्बत चयन गरेको छ भने सदस्यमा लालबिर थिङ,एलिना माझी ,जितुमाया थिङ ,नौमान स्याङतान र सुनिता मोक्तान जिम्बा रहेका छन।
साथै ,यस बिद्यालयले शैक्षिक शत्र २०८१ को शुरुबाटै बिद्यालयमा विद्यार्थीहरुलाइ भर्नाको नाममा कुनै पनि शिर्षकमा रकम नलिने निर्णय गरेको छ। अनिवार्य तथा निशुल्क शिक्षा निमावली २०७७ अनुसार माध्यमिक तहसम्मको शिक्षामा कुनै बाहाना गरेर रकम असुल्न नपाउने ब्यवस्था छ। यसैलाई अनुसार बागमती गाउँपालिकाले २०८० असार ६ गते बागमती गाउँपालिकाले पनि पालिकालाइ अनिवार्य तथा निशुल्क शिक्षा प्रदान गर्न तयार रहेको पालिकाको रुपमा घोषणा गरिसकेक छन।
।