ट्राफिक प्रहरीले बागमतीको विभिन्न ,ठाउँमा मापसे चेकजाँच गर्दै ।

आजबाट बागमती गाउँपालिकाको झुरझुरेमा मापसे चेकजाँच गर्ने भएको छ। आज बागमती गाउँपालिकाको कार्यलयले मापसे चेक गर्ने सामाग्री वितरण गरिए पछि चेकजाँच हुने भएको हो । बागमती गाउँपालिकाको विभिन्न ठाउँमा मापसे का कारण धेरै दुर्घटना हुन थाले पछि बागमती गाउँपालिकाले विशेष चासो राखेको थियो। मापसे कारण चालक र दुर्घटनाको कारण सर्बसाधरणलाई समेत जोखिम देखिए पछि मापसे चेक जाँच गर्न लागेको ट्राफिक प्रहरीले जानकारी दिएको छ।

सर्बसाधरणको जिउ ज्यानको सुरक्षा र सबारी चालकहरु सचेत होस भन्ने उदेश्यले मापसे चेकजाँच मेसिन वितरण गर्दै अध्यक्ष घलानले नियम कानुन पालन गरि आफू र अरुको ज्यान सुरक्षीत गर्ने दाहित्व सबैको भएको बताउनु भयो। मापसे मेसिन वितरणको क्रममा प्रदेश सभासद माननीय प्रेम बहादुर पुलामी , मकवानपुर जिल्ला समन्वय समिती प्रमुख ललित घलान, मकवानपुर प्रहरी उपरीक्षक सितराम रिजाल , जिल्ला ट्राफिक बसन्त रिजाल , बागमती गाउँपालिका प्रशासकीय अधिकृत झम्क नारायण घलान लगायतको ब्यक्तित्वहरुको उपस्थिति रहेको थियो।

प्रतिक्रिया