मकवानपुरको पूर्वी बेल्टमा पर्ने बागमती गाउँपालिकामा कक्षा ८ को ग्रेड वृद्धि परीक्षा आजबाट सुरु भएको छ। कक्षा ८ को वार्षिक परीक्षामा नियमित तर्फका विषयहरूमा कमजोर अंक ल्याई विषयगत रुपमा उत्तीर्ण हुन नसकेका विद्यार्थीहरूको लागि ग्रेडबृद्धि परीक्षा सञ्चालन गरिएको बागमती शिक्षा शाखाले जनाएको छ। परिक्षाको पहिलो दिन आज विद्यार्थीहरुले गणित विषयको परीक्षा दिएका छन् ।
गणित विषयको ग्रेड वृद्धी परीक्षा दिन ९३ जना विद्यार्थिले आवेदन दिएका थिए । आवेदन दिएका ९३ जना मध्ये ४९ जना छात्र र ३९ जना छात्रा गरि ८८ जनाले मात्र परिक्षा दिएको परिक्षाका केन्द्राअध्यक्ष्य दिपक घिमिरेले जानकारी दिनभयो । परीक्षा आज दिउँसो ११ बजेबाट सुरु भई दिउँसो १ बजे सकिएको थियो । यो परिक्षा २४ गतेसम्म चल्ने छ।परीक्षा केन्द्र बागमती गाउँपालिका नजिकै रहेको महाबुद्ध आधारभूत विद्यालयमा तोकिएको छ। ग्रेड वृद्धि परीक्षाको लागि आवेदन दिएका विद्यार्थीको जम्मा संख्या १०८ रहेको पालिका शिक्षा शाखाका प्रमुख प्रमोद कुमार राईले जानकारी दिनु भयो।
आवेदन दिनेहरु मध्ये नेपाली विषय तर्फ १६ जना , अङ्ग्रेजी विषय तर्फ ४ जना, गणित विषय तर्फ ९३ जना, विज्ञान तथा प्रविधी विषय तर्फ ५ जना र सामाजिक र मानव मूल्य शिक्षा तर्फ २० जना विद्यर्थीहरुले आवेदन दिएको निमित्त प्रमुख राईले जानकारी दिनु भयो। यसरी समग्र तथ्याङ्क लाई अध्ययन गर्दा धेरै विद्यार्थीहरु गणित विषयमा कमजोर देखिएको छ ।