चालू आर्थिक बर्ष भित्र बागमती गाउँपालिकामा ४६ प्रतिशत बजेट खर्च ।

बागमती: मकवानपुरको बागमती गाउँपालिकाको चालु आर्थिक वर्षको चैत मसान्तसम्मको बजेट तथा कार्यक्रम कार्यान्वयनको समीक्षा भएको छ । पालिकाका प्रमुख प्रशासकीय अधिकृत झम्कनारायण घलानको सभाध्यक्ष तथा गाउँपालिकाका अध्यक्ष सर्केश घलानको प्रमुख आतिथ्यमा बुधबार बजेट तथा कार्यक्रमको समीक्षा भएको हो ।

गाउँपालिकाको चालु आर्थिक वर्षको चैत मसान्तसम्म कुल विनियोजित बजेटको ४६.७३ प्रतिशतमात्र खर्च भएको छ । पालिकामा ६५ करोड ५५ लाख ८६ हजार रुपैयाँ बजेट विनियोजन भएकोमा ३२ करोड ३ लाख ६२ हजार रुपैयाँ बजेट खर्च भएको हो । चालु आर्थिक वर्षमा चालुतर्फ ४४ करोड ५५ लाख ९४ हजार रुपैयाँ बजेट विनियोजन भएकोमा २३ करोड ६४ लाख १६ हजार १ सय ८ रुपैयाँ र पुँजीगततर्फ २३ करोड ९९ लाख ९२ हजार रुपैयाँ बजेट विनियोजन भएकोमा ८ करोड ३९ लाख ४५ हजार ९ सय ६७ रुपैयाँ बजेट खर्च भएको छ ।

चालु आर्थिक वर्षका लागि आर्थिक विकासतर्फ ७ करोड ४८ लाख ९५ हजार रुपैयाँ बजेट विनियोजन भएकोमा ८२ लाख ८६ हजार ६ सय ४७ रुपैयाँ खर्च भएको छ । यस्तै, सामाजिक विकासतर्फ ३१ करोड ८० लाख ४ हजार रुपैयाँ बजेट विनियोजन भएकोमा १६ करोड २६ लाख ८८ हजार ९ सय ७४ रुपैयाँ बजेट विनियोजन

भएको छ । पूर्वाधार विकासतर्फका लागि विनियोजित १२ करोड ८६ लाख ९५ हजार रुपैयाँमध्ये ५ करोड ४४ लाख १२ हजार ५४ रुपैयाँमात्र खर्च भएको छ । यस्तै, सुशासन तथा अन्तरसम्बन्धित

क्षेत्रका लागि विनियोजित ३ करोड ३० लाख ४ हजार रुपैयाँमध्ये १ करोड ४९ लाख ७ हजार ३ सय २८ रुपैयाँ खर्च भएको छ । कार्यालय सञ्चालन तथा प्रशासनिकका लागि विनियोजित १३ करोड ९ लाख ८८ हजार रुपैयाँमध्ये ८ करोड ६७ हजार ७३ रुपैयाँ खर्च भएको छ । सबै क्षेत्रका कामहरु भइरहेको र जेठ मसान्तसम्ममा कुल विनियोजित बजेटको ७० प्रतिशत खर्च हुने अनुमान गरिएको प्रवक्ता पाख्रिनले बताउनुभयो ।

By radiojhurjhure

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.