तामाङ भाषा र नेपाल भाषा बागमती प्रदेशमा सरकारी कामकाजी भाषाको रुपमा लागू हुने।

बागमती – तामाङ र नेपाल भाषा वागमती प्रदेशको सरकारी कामकाजी भाषाका रूपमा यही वैशाख २४ गते सोमबारदेखि लागू हुने भएको छ।प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन– २०८० राजपत्रमा प्रकाशित भएको १ सय ८० ऐनका रूपमा लागू गर्न लागिएको हो । सो ऐन २०८० कार्तिक २३ गते प्रदेश राजपत्रमा प्रकाशित भएको थियो ।

वागमती प्रदेश सरकारले काठमाडौंको वसन्तपुरमा आगामी सोमबार वागमती प्रदेश सरकारी कामकाजी भाषा ऐन २०८० शुभारम्भ घोषणा गर्नेछ।गत वैशाख १२ गते वागमती सरकारको बैठकको निर्णयअनुरूप प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को उपस्थितिमा सोको घोषणा गरिने वागमती प्रदेशका संस्कृति, पर्यटन तथा सहकारी मन्त्री शैलेन्द्रमान वज्राचार्यले जानकारी दिनुभयो। सो घोषणासँगै प्रदेश सरकारका सबै मन्त्रालयको साइनबोर्ड नेपाली भाषा (देवनागरी), तामाङ भाषा (तामयिक) र नेपाल भाषा (रञ्जना लिपि) मा लेखिएको राखिने छ ।

By radiojhurjhure

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.