बागमती गाउँपालिकाले जनतासँग जनप्रतिनिधि कार्यक्रम गरिने भएको छ। यहि मिति २०८१ जेठ ३ गते वडा नम्बर ४ का आम जनसमुदाय ,बुद्धिजीवी ,संघ संस्था,पत्रकार ,खेलप्रेमी, शिक्षाप्रेमीहरुलाई उपस्थितिको लागि अनुरोध गरिएको सूचनामा उल्लेख छ। कार्यक्रम दिउँसो २ बजे बागमती गाउँपालिका गाउँ कार्यपालिका कार्यलयको सभाहलमा हुने उल्लेख छ।
![](https://www.radiojhurjhure.com/wp-content/uploads/2024/05/FB_IMG_1715607268508-710x1024.jpg)
बागमती गाउँपालिका आर्थिक बर्ष २०८१/०८२ को निति तथा कार्यक्रम र बजेट निर्माणको तयारीमा जुटेको छ। आर्थिक बर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम एबम बजेटलाई यथार्थपरक र जनचाहना अनुसार बनाउन आवश्यक सुझाव संकलनको लागि कार्यक्रमको आयोजना गर्न लागेको सूचनामा उल्लेख छ।
यस्ता कार्यक्रम बागमती गाउँपालिकाको सबै वडाहरुमा सन्चालन हुने भएका छ्न। वडा नम्बर ४ को कार्यक्रम सकिए लगत्तै अन्य वडाहरुमा पनि सूचना मार्फत सबैलाई जानकारी गराई जनतासंग जनप्रतिनिधि कार्यक्रम राख्ने योजना रहेको बागमती गाउँपालिका ,गाउँ कार्यपालिकाको कार्यलयद्वारा जारी सूचनामा उल्लेख छ।
![](https://www.radiojhurjhure.com/wp-content/uploads/2024/05/IMG_20240425_101229.jpg)