माओवादी केन्द्र हेटौंडा १३ को बैठक सम्पन्न।


नेकपा (माओवादी केन्द्र) हेटौंडा उपमहानगरपालिका वडा नं. १३ को नियमित बैठक सम्पन्न भएको छ ।
बुधबार वडा कमिटी अध्यक्ष सुर्य बहादुर छुमीको अध्यक्षतामा भएको बैठकमा प्रमुख अतिथि पार्टी केन्द्रीय सदस्य एवम् मकवानपुर ईञ्चार्ज बिजय गौतम्ले माओवादीकै एजेण्डामा देश चलेकोले पार्टी सदस्यहरु उत्साहकासाथ सक्रिय हुनुपर्ने बताए ।
बैठकमा पार्टी केन्द्रीय सदस्य एवम् हेटौंडा ईञ्चार्ज प्रल्हाद लामिछानेले ऐलेको संघीयता, धर्म निरपेक्षता, समानुपातिक, सहभागितामूलक ब्यवस्था माओवादी आन्दोलनको उपलब्धी भएको बताए ।


बैठकले पार्टी सदस्यता बिस्तार, टोलसमिति गठन र वडा स्तरीय प्रशिक्षण कार्यक्रम आयोजना गर्ने लगायतको निर्णय भएको वडा कमिटी सचिव सौराज तामाङले बताए ।
बैठकमा केन्द्र, प्रदेश र जिल्लाबाट प्राप्त शर्कुलरबारे पार्टी हेटौंडा उपमहानगर अध्यक्ष तिर्थबहादुर थापा मगरले जानकारी गराएको थिए ।
बैठकमा नेकपा (माओवादी केन्द्र) मकवानपुर जिल्ला समन्वय समिति संयोजक भीम पाख्रिन, प्रेस सेन्टर नेपाल केन्द्रीय सदस्य एवम् मकवानपुर जिल्ला ईञ्चार्ज ध्रुवराज ढकाल, पार्टी नगरकमिटी कोषाध्यक्ष एवम् १३ नं. वडा ईञ्चार्ज तारादेबी मोक्तान, सदस्य नेमा लामा लगायतको आतिथ्यता रहेको थियो ।

प्रतिक्रिया