एक दिने अभिभावक शिक्षा कार्यक्रम सम्पन्न ।

बागमती /३ बैशाख बागमती आधारभूत बिद्यालयमा १ दिने अभिभावक शिक्षा कार्यक्रम सम्पन्न भएको छ।बागमती गाउँपालिका नम्बर ५ मा रहेको उक्त बिद्यालयमा अभिभावक शिक्षा भएको हो। कार्यक्रम वडा नम्बर ५ वडा कार्यालयकाे अायाेजनामा बागमती एजुकेशन कन्सल्टेन्सिकाे सहकार्यमा भएको हो। यस कार्यक्रममा विद्यालय ब्यवस्थापन समिति अध्यक्ष धन बहादुर माझिकाे सभाध्यक्षता र बागमती गाउँपालिका अध्यक्ष शर्केस घलानकाे प्रमुख अतिथित्यता रहेको थियो।

अभिभावक शिक्षा कार्यक्रममा मन्तव्य राख्नु हुँदै पालिका अध्यक्ष घलानले पालिका भित्रको बिद्यालयहरुमा हुने सकारात्मक कार्यक्रमहरुलाइ पालिकाको सहयोग र समर्थन रहने बताउनु भयो।शिक्षा क्षेत्रको शैक्षिक सुधार संगै शिक्षालाई सिपसंग जोड्न सके राम्रो हुने बताउनु भयो। शिक्षा क्षेत्रमा भैइरहेको अन्योलतालाई हटाइ सबै अभिभावक सुशुचित गराउने हेतुले उक्त कार्यक्रम आयोजना गरिएको वडा न.५ का अध्यक्ष विजय भाेलनले जानकारी दिनु भयो।बागमती आधारभूत बिद्यालयको सभाहलमा भएको कार्यक्रममा अभिभावकहरुको उल्लेखनीय उपस्थिति रहेका थिए।

कार्यक्रममा अथितीहरु वडा नम्बर ४ का अध्यक्ष दन्तलाल माझी(किरण ),शिक्षा शाखा प्रमुख प्रमाेद कुमार राई थियो भने नवराज थापाले कार्यक्रममा सहजीकरण गर्नु भएको थियो। विद्यालयकाे अभिभावक ज्युहरुलाई १ दिने अभिभावक शिक्षा कार्यक्रमको सन्चालन मनाेज बलले गरेका थिए।

प्रतिक्रिया