विद्यार्थी जीवनमा आत्मअनुशासन र सिर्जनात्मकताको मार्गदर्शन नै स्काउट हो: सभासद पुलामी

बागमती – मकवानपुरको बागमती गाउँपालिकामा स्काउटमा आबद्ध विद्यार्थीहरूको लागि २ रात ३ दिवसीय स्काउट फ्रेन्डसीप क्याम्प सुरु भएको छ। आज २ गते बुधबार उद्घाटन समारोह आयोजना गर्दै कार्यक्रमको सुरुवात भएको हो । स्थानीय तह स्काउट समितिका प्रमुख आयुक्त राजकुमार थापाको सभापतित्वमा कार्यक्रमको समुद्घाटन भएको हो । कार्यक्रमको प्रमुख अतिथिको भूमिकामा बागमती प्रदेश सभाका सदस्य प्रेम बहादुर पुलामी ( छिन्तु) रहनुभएको थियो भने विशिष्ट अतिथिको भूमिकामा बागमती गाउँपालिकका अधक्ष्य सर्केश घलान रहनुभएको थियो ।

नयाँ भावी पुस्ताहरुमा आत्मअनुशासन वृद्धि गर्न सके समृद्ध नेपाल सुखी नेपालीको दीर्घकालीन लक्ष्यमा छिट्टै सहयोग पुग्न सकिने र मुलुकमा शान्ति, सदभाव र सुख कायम राख्न स्काउटको महत्वपूर्ण भूमिका रहेको कार्यक्रमका प्रमुख अथिति प्रेमबहादुर पुलामीले बताउनुभयो । सन् १९०७ मा बेलायतमा बेडेन पावेलले स्थापना गर्नुभएको स्काउट नेपालमा वि.सं २००९ मा स्थापना भएको र यसले पछिल्लो समय विद्यार्थीहरुमा सिर्जनात्मकताका साथै आत्माविश्वास र आत्मअनुशासन वृद्धि गरेकोले सब क्षेत्रमा स्काउटको महत्वपूर्ण भूमिका रहने उहाँले बताउनुभयो। कार्यक्रमलाई सम्बोधनगर्नुहुँदै बागमती गाउँपालिकका अध्यक्ष सर्केश घलानले बागमती गाउँपालिकामा पनि स्काउटको विस्तार गर्ने र स्काउट सँग सम्बद्ध गतिविधिलाई प्रथामिकतामा राख्ने बताउनुभयो। स्काउटले बालबालिकाहरुको नेतृत्व विकासको क्षमता लाई पनि बढाउने र नेतृत्व गर्न सक्ने बालबालिकाले नै देशको पनि नेतृत्व गर्न सक्ने उहाँले बताउनुभयो।

कार्यक्रममा स्वागत मन्तव्य बागमती गाउँपालिका शिक्षा निमित्त प्रमुख प्रमोद कुमार राइले राख्नु भएको थियो भने कार्यक्रम सन्चालन मनोज बलले गर्नु भएको थियो।

By radiojhurjhure

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.