तीन दिने स्काउट फ्रेन्डसीप क्याम्प आज सम्पन्न।

बागमति -बागमती गाउँपालिकामा २ गते देखि सुरु भएको दोस्रो स्काउट फ्रेन्डसीप क्याम्प आज ४ गते शुक्रवार सम्पन्न भएको छ । बागमती गाउँपालिका वडा नम्बर ४ झुरझुरेमा रहेको महाबुद्ध आधारभूत विद्यालयको प्राङ्गणमा भएको कार्यक्रम आज समापन भएको हो। समापन समारोहमा बागमती गाउँपालिका स्थानीय स्काउट समितिका प्रमुख आयुक्त राजकुमार राईको सभापतित्वमा भएको थियो । यस समापन कार्यक्रमको प्रमुख अतिथि बागमती गाउँपालिकाको अध्यक्ष सर्केश घलान रहनुभएको थियो। कार्यक्रममा विभिन्न ८ वटा विद्यालयको सहभागीता रहेको थियो।कार्यक्रम आफ्नो मन्तव्य राख्नु हुँदै अध्यक्ष घलानले बालबालिकाको शारीरिक ,मानसिक बिकास संगै नेतृत्व र ब्ययम,अनुशासनले सकारात्मक सोचको बिकास हुने बताउनु भयो। बिगत लामो समय अगाडी देखीनै स्काउट बागमती गाउँपालिकाको केही बिद्यालयहरुमा सक्रिय रहे पनि बाकी विद्यालयहरु गुमनाम जस्तै थियो। अबका दिनहरु सरकारले नीति तथा कार्यक्रमनै बनाएरै यसतर्फ बिद्यार्थीहरुलाई आकर्षित गराउने ,सक्षम नेतृत्व बिकासको बिकास गराउने काममा सरकार सबैलाई हातेमालो गर्दै अघि बड्ने अध्यक्ष घलानले प्रतिबद्धता व्यक्त गर्नु भयो।

यस समापन कार्यक्रममा अथिती एबम शिक्षा , खेलकुद तथा सामाजिक बिकास संयोजक कमान सिं पाख्रीनले पनि शुभकामना मन्तव्य राख्नु भएको थियो। मन्तव्यको क्रममा संयोजक पाख्रीनले , शिक्षालाई सीप र सिपलाइ सिर्जनामा बदल्न सके मात्रै नेपालको शैक्षिक क्षेत्रको प्रगति भन्दै स्काउटले सिकाएको अनुशासन ,ज्ञान सिपलाइ सिर्जनामा बदल्न सदैव कोशिश जारी राख्न स्काउट विद्यार्थीहरुलाई अनुरोध गर्नु भयो।यसैगरी विभिन्न राजनीतिक दलको नेतृत्व गर्दै नेकपा माओवादी केन्द्र बागमती गाउँकमिटी अध्यक्ष अरुण बल पनि शुभकामना राख्नु भयो। अध्यक्ष बलले विद्यार्थीहरुलाई स्काउटले सिकाएको ज्ञान सकारात्मक नतिजा आउने गरि श्रमा जोड्न सके धेरै राम्रो हुने बताउनु भयो। कार्यक्रम फ्रेन्डसीप क्याम्पमा सहभागी विद्यार्थीहरुलाइ आफ्नो भरीको अनुभव राख्ने अबसर दिइएको थियो।


विभिन्न विद्यालयबाट सहभागिता जनाएका स्काउट समूहहरूमा विधागत रुपमा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गरेका बिद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो । विधागत रुपमा सामाजिक तथा साँस्कृतिक आभूषण प्रदर्शनी प्रतियोगितामा हेटौंडाको बाल्ज्योति माध्यमिक विद्यालय प्रथम, पद्म पोखरीको महेन्द्रमाध्यमिक विद्यालय दोस्रो र फ्यामकोल एकाडेमी ले तेस्रो स्थान हासिल गर्न सफल भएका छन। यसैगरी मार्चपास प्रतियोगितामा बागमती गाउँपालिकाको सूर्य माध्यमिक विद्यालय प्रथम, हेटौँडा एकाडेमी दोस्रो र महेन्द्र माध्यमिक विद्यालय तेस्रो स्थान हासिल गर्न सफल भएका छन। यस्तै क्याम्पमा विभिन्न विद्यालयबाट सहभागिता जनाएका स्काउट समूहहरूलाई बाट प्रमाणपत्र र मेडल वितरण गरिएको थियो। क्याम्पमा विभिन्न संघसंस्था, राजनैतिक दलका व्यक्तिहरू, समाजसेवी र बुद्धिजीवि हरुलाई मायाको चिनो पनि प्रदान गरिएको थियो ।

क्याम्प समापन समारोहमा सभापति स्काउट प्रमुख आयुक्त राई, नेकपा माओवादी बागमतीका गाउँकमिटी अध्यक्ष अरुण बल,गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत झम्क नारायण घलान, स्काउट राष्ट्रिय परिषद्का अशोक कुमार सारु मगर, सुरेन्द्र करारञ्जित, नेपाल रेडक्रस सोसाइटी फापरबारी उपशाखाका सभापति शंकर कुमार पराजुली लगायतका ब्यक्तित्वहरु अथितीका रुपमा उपस्थिति रहेका थिए। आजको समापन समारोह कार्यक्रमको सन्चालन शिक्षा शाखा निमित्त प्रमुख प्रमोद कुमार राइले गर्नु भएको थियो।

प्रतिक्रिया