बागमती गाउँपालिकालाई पंक्षीको स्वभाव पत्ता लगाउने उपकरण हस्तान्तरण ।

४ जेष्ठ २०८१,शुक्रबार

बागमती – राष्ट्रिय पन्छी अन्वेषण कार्यलय चितवनका प्रतिनिधिहरुद्वारा बागमती गाउँपालिकालाई पन्छीको स्वभाव पत्ता लगाउने उपकरण वितरण गरिएको छ। आज बागमती गाउँपालिकाको कार्यलयमा राष्ट्रिय पन्छी अन्वेषण कार्यलय चितवनका डा. उर्मिला पौडेलले ,डा.उदयलाल खत्री ,लेखापाल रुद्रकला सुवेदी लगायतको उपस्थितिमा उक्त उपकरण बागमती गाउँपालिका अध्यक्ष सर्केश घलान मार्फत पालिकालाइ हस्तान्तरण गर्नु भएको छ। यस क्रममा मन्तव्य राख्नु हुँदै अध्यक्ष घलानले पशु र पन्छीको क्षेत्रमा राज्यले घम्भिर रुपमा सोचेर लागनी गर्नु पर्ने बताउनु भयो। जुन कुनै कार्य गर्दा सबै मिलेर गरे सफल भैइने भन्दै सहकार्यको लागि अनुरोध समेत गर्नु भयो।
यसै क्रममा बोल्नु हुँदै,जनताको जनजीवन बदल्न कृषि क्षेत्र विकल्प भएको भन्दै यस क्षेत्रबाट कृषकलाइ आत्मनिर्भर बनाउन सके भने मात्रै किसानले जिबनमा परिवर्तनको श्वास फेर्न पाउने स्पष्ट पार्नु भयो। पन्छीहरुमा अहिले विभिन्न रोग देखा परेको र यसबाट कृषकहरुलाई हुन सक्ने क्षतीलाइ पहिलानै रोक्न सक्नु पर्ने बताउनु भयो।




राष्ट्रिय पन्छी अन्वेषण कार्यलय चितबनले विभिन्न प्रकारको झन्डै २७ थान उपचार सम्वन्धी उपकरण हस्तान्तरण गरेका छन। यस कार्यक्रममा बागमती गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष कमान सिं पाख्रीन ,बागमती गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत झम्क नारायण घलान, बागमती गाउँपालिका पशुपन्छी बिकास शाखा प्रमुख बिमोचन पौडेल ,प्राविधिक राजेन्द्र गोले र सुदर्शन गोले लगायतको अथितीहरुको उपस्थित रहेका थिए।

प्रतिक्रिया