बागमती गाउँपालिकाले क्ष्ययरोग रोगिहरुलाइ पोषणयुक्त खानेकुरा वितरण।

बागमती – आज शुक्रबार बागमती गाउँपालिकाले क्षयरोगीहरुको लागि पोषणयुक्त खाना वितरण गरेको छ । क्षयरोगी हरुको स्वास्थ्यलाई ध्यानमा राख्दै पालिकाले पोषणयुक्त खाद्य सामग्री वितरण गरेको हो । बागमती गाउँपालिका स्वास्थ्य शाखाद्वारा आयोजना गरिएको उक्त कार्यक्रमका सभापतिको रुपमा शाखाका प्रमुख दिनेश गुप्ता रहेका थिए। यसैगरी कार्यक्रमको प्रमुख अतिथिको रुपमा सर्केश घलान रहनुभएको थियो। कार्यक्रम बागमती गाउँपालिकाको सभाहलमा भएको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै स्वास्थ्य नै जीवनको सबैभन्दा ठूलो धन भएको र स्वास्थ्य रहे मात्रै संसारका सबथोक हासिल गर्न सकिने घलानले बताउनुभयो। बागमतीका जनताको स्वास्थ्य सँग जोडिएका हरेक कुरामा आफ्नो गम्भीर ध्यानाकर्षण रहेको बताउनुहुँदै क्षय रोगीका लागि मात्र नभई अन्य रोगीका लागि पनि रोग अनुसारको कार्यक्रम ल्याउने पनि उहाँले स्पष्ट पार्नुभयो। कार्यक्रममा जम्मा ४८ जनाको नाम सिफारिस भएको भएपनि ४२ जना मात्र उपस्थित भएका थिए। उपस्थिति जनाउने हरुमा बागमती १ बाट २ जना , बागमती २ बाट १ जना, बागमती ३ बाट ५ जना , बागमती ४ बाट ७ जना , बागमती ५ बाट ३ जना बागमती ६ बाट २ जना, बागमती ७ बाट ३ जना, बागमती ८ बाट ८ जना, बागमती ९ बाट ४ जना र हरिहरपुर गढी गाउँपालिका १ बाट ६ जना उपस्थित भएका थिए। उपस्थित भएकाहरूलाई चामल, दाल,१-१ क्रेट अण्डा, पोषक मसला १ प्याकेट र तेल लगायतका खाद्य सामग्रीहरू वितरण गरिएको थियो । कार्यक्रममा स्वास्थ्य शाखाका प्रमुख दिनेश गुप्ता, बागमती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत झम्कनारायण घलान आदिको उपस्थिति रहेको थियो।

By radiojhurjhure

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.