५ जेष्ठ २०८१,शनिबार
बागमती -जंगली हात्तिको आक्रमणबाट मकवानपुरमा एक जनाको ज्यान गएको छ। ज्यान गुमाउनेमा मनहरी गाउँपालिका–६ प्रतापपुर वस्ने ५६ वर्षिय काले बहादुर राई रहेको जिल्ला प्रहरी कार्यलयले जानकारी दिएको छ।
जिल्लाकोको मनहरी गाउँपालिका वडा नम्बर–६ स्थित राष्ट्रिय निकुन्जको जंगलमा भैसी चराउन गएका राईसहित ३ जनालाई हात्तिले आक्रमण गर्दा राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।
हात्तिले आक्रमण गरे पछि भागेर बाच्न सफल भएका दुई जनाले निकुन्ज सुरक्षार्थ खटिएका नेपाली सेनाको नयाँ सबुज गण बंकर पोष्ट शुनाचुरी मकवानपुरमा जानकारी गराएका थिए ।
यसअघि मनहरीमै जंगली हात्तीको आक्रमणबाट एकजना घाइते भएका थिए ।