वडा नम्बर ३ मा   जनतासँग जनप्रतिनिधि कार्यक्रम हुने ।

बागमती गाउँपालिकाको वडा नम्बर ३ मा   जनतासँग जनप्रतिनिधि कार्यक्रम हुने भएको छ। यहि मिति २०८१ जेठ ११ गते वडा नम्बर ३ मा रहेकोे आराधना चर्च भवनमा   हुने जनतासँग जनप्रतिनिधि कार्यक्रममा उपस्थितिको लागि आम जनसमुदाय ,बुद्धिजीवी ,संघसंस्था,पत्रकार ,खेलप्रेमी, शिक्षाप्रेमी सबैलाई अनुरोध गरिएको सूचनामा उल्लेख छ।  कार्यक्रमको समय दिउँसो १ बजेलाई  तोकिएको छ।

बागमती गाउँपालिकाको कार्यलय आर्थिक बर्ष २०८१/०८२ को निति तथा कार्यक्रम र बजेट निर्माणको तयारीमा जुटेको पुर्वसन्ध्यामा पालिकाको वार्षिक बजेट भित्र ३ नम्बर वडा वासिको समस्यलाई कसरी सम्बोधन गर्ने, त्यसको उपाय के के हुन सक्छन् भन्ने विषयलाई समेट्न वडा नम्बर ३ ले जनतासँग जनप्रतिनिधि कार्यक्रम  राखिएको सामाजिक बिकास संयोजक एबम वडा नम्बर ३ का अध्यक्ष कमान सिं पाख्रीनले जानकारी दिनु भयो। आर्थिक बर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम एबम बजेटलाई यथार्थपरक र जनचाहना अनुसार बनाउन आवश्यक सुझाव संकलनको लागि कार्यक्रमको आयोजना गर्न लागेको वडा नम्बर ३ को कार्यलयद्वारा जारी सूचनामा उल्लेख छ।

यस्ता कार्यक्रम बागमती गाउँपालिकाको सबै वडाहरुमा सन्चालन हुने भएका छ्न। वडा नम्बर ४  मा यस अघिनै जनतासँग जनप्रतिनिधि कार्यक्रम भैसकेको छ। कार्यक्रममा वडाको समग्र बिकासलाई कसरी समयसापेक्ष बनाउदै समृद्धि यात्रा तर्फ अघि बढ्न सकिन्छ ,जनताको दैनिक जिबन संग जोडिएका कयौं समस्यहरु समाधान गर्न सकिन्छ  भन्ने विषयमा जनताको जनगुनासो र सल्लाह सुझाव सहितको रिपोर्टिङ लिने र जनप्रतिनिधिहरुले जवाफ सहित सम्बोधन गर्ने  कार्यक्रम रहेको बागमती गाउँपालिका सामाजिक बिकास संयोजक एबम वडा नम्बर ३ का अध्यक्ष कमान सिं पाख्रीनले जानकारी दिनु भयो।

प्रतिक्रिया