१० जेठ २०८१,बिहिवार ।
बागमती / बागमती गाउपालिका वडा नम्बर -३ मा एक घरमा आगोलागी भएको छ।बागमती ३ तिनभङाले लेनिवासी तारानाथ दंगालको घर जलेर नष्ट भएको हो।गएराती करिब पाउने १२ बजेको समयमा अचानक घरमा आगोलाली हुँदै गरेको अवस्थामा थाहा भएको घर मुली तारानाथ दंगालले जानकारी गराएको वडाअध्यक्ष मार्फत रेडियो झुरझुरेलाई खबर प्राप्त भएको छ।
रातीको समयमा भएकाले घर भित्र भएको कुनै पनि सर सामन,लत्ताकपडा जिन्सी निकाल्न नपाएको पिडित दङ्गल ले जानकारी दिएको छ। आगोलागीमा परि नागरिकता लगायतको महत्त्वपूर्ण कागजात सहित दशमुरी धान , पन्द्र मुरी मकै , चामल दुई बोरा ,नगद सत्तरी हजार , भाँडाकुँडा लत्ताकपडा गरि झण्डै १२ लाख बराबरको क्षती भएका छन।
आगोलागी भएको खबर प्राप्त हुन साथ राइगाउँ प्रहरी कार्यलयबाट प्रहरीहरुको साथमा वडाध्यक्ष कमान सिं पाख्रिन , वडा सदस्य तुल बहादुर मोक्तान , भगबती माझी , नाङसाल क्लबका अध्यक्ष देब स्याङतान् , शिब प्रहरी लगायतका ब्यक्तिहरु घटना स्थलमा पुगि उद्दार,स्थलगत अनुगमन गरि पीडितलाई तत्काल राहतको लागि पहल गर्ने प्रतिबद्धता गरेका छ्न।