१४ जेठ २०८१,सोमबार
बागमती – सप्तकन्या आधारभूत विद्यालयको २ कोठे पक्की भवन र पक्की शौचालय उदघाटन भएको छ।हिजो आइतबार बागमती गाउँपालिका वडा नम्बर ९ गहतेस्वारामा उक्त विद्यालयको भवन र शौचालयको एकै पटक उदघाटन भएको हो। यस भवन र शौचालय निर्माणको लागि बागमती प्रदेश सामाजिक बिकास मन्त्रालयबाट आ.व. २०७९ / ०८० को बजेटबाट २५ लाख र २०८०/८१ को बजेटबाट १० लाख गरि जम्मा ३५ लाख दुइकोठे भवन र शौचालय निर्मामनार्थ बिनियोजन भैइ आएको थियो।
उदघाटन कार्यक्रम बागमती प्रदेश सामाजिक विकास मन्त्री माननीय कुमारी मोक्तानको प्रमुख आतिथ्यततामा भएको हो। कार्यक्रममा आफ्नो मन्तव्य राख्नु हुँदै मन्त्री मोक्तानले गुणस्तरीय शिक्षा प्राप्तिको लागि शिक्षक मात्रै होइन अविभाकहरुको पनि सक्रिय हुनु पर्ने बिचार व्यक्त गर्नु भयो।शिक्षा क्षेत्रको बिकास विद्यालयमा अभिभावकको चासो,शिक्षकको मेहनत ,इमानदारीता भएन भने भवन मात्रै बनेर त्यसको अर्थ नहुने बताउनु भयो।त्यस्तै बालबालिकाको भबिस्य सुनिश्चितताको लागि गुणस्तरीय शिक्षामा जोड दिन मन्त्री मोक्तानले सबैलाई सुझाव दिनु भयो।
यस्तै बागमती गाउँपालिका अध्यक्ष सर्केश घलानले जीवन जिउनको लागी शिक्षा अनिवार्य भएको बताउनु भयो। शिक्षा लिने र दिने थलो विद्यालय भएकाले भोलीका सन्तति का लागि के कस्ता मार्ग कोरेर राख्ने भन्ने बारे सबैले इमानदार पुर्वक लागे मात्रै परिबर्तनले गति लिने बताउनु भयो।
सप्तकन्या आधारभूत संचालक समितिका अध्यक्ष जितमान बलको सभाध्यक्षतामा प्रधानाध्यापक सौगात भोलनको संचालनमा भएको कार्यक्रममा बागमती गाउपालिका सामाजिक विकास संयोजक एवम् ३ नम्बर वडाध्यक्ष कमान सिं पाख्रिन , ९ नम्बर वडाध्यक्ष पुनराम घलान , २ नम्बर वडाध्यक्ष जनक पहरी, नेकपा माओवादी केन्द्र बागमती गाउपालिका इन्चार्ज ज्ञान सागर भोलन , अध्यक्ष अरुण बल , पुर्व वडाध्यक्ष रहरमान थिंङ ,अभिभावकहरु, पशु शाखाका पशुप्राबिधिक राजेन्द्र गोले लगायतका ब्यक्तित्वहरुको आतिथ्यता रहेको थियो।