आबधिक योजना केन्द्रमा राखेर बजेट ल्याइन्छ ः मुख्यमन्त्री जम्कट्टेल


हेटौंडा, २१ जेठ

-अञ्जली थापा


बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आबधिक योजनालाई केन्द्रमा राखेर आर्थिक बर्ष २०८१÷८२ को ल्याईने बताउनुभएको छ । बागमती प्रदेशको दोस्रो आबधिक योजना तर्जुमा सम्बन्धी अन्तरक्रिया तथा प्रदेश विकास परिषद्को बैकठमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।
मुख्यमन्त्री जम्कट्टेलले प्रदेश सरकारले बहुबर्षिय आयोजनाहरुमा लगानि गर्ने बताउदै भन्नुभयो “ हाम्रो समस्या भनेको बर्षैचिच्छे योजना फेर्नु हो, योजना कार्यान्वयन गरेर प्रतिफल ल्याउनको लागि यसलाई फेर्नु हुँदैन ।” प्रदेश सरकारले एउदै योजनामा ५ बर्ष काम गर्ने जानकारी दिनुभयो । कृषकको निर्बाहमुखी कृषिलाई ब्यबसायिक कृषिमा रुपान्तरण गर्नको लागि समुदायमा आधारित र एक वडा एक पकेट क्षेत्र कृषि योजना लागु गरिने उहाँको भनाई छ । महिलालाई उद्यमसंग जोड्दै उद्यमविकास गर्ने सरकारको लक्ष्य बमोजिम ३५ वटा पालिकामा गृहिणी महिला उद्यमशिलता कार्यक्रम लागु गरिएको उहाँले जनाउनुभयो । त्यसैगरी १० वटा पालिकामा दलित लक्षित कार्यक्रम र ६ वटा पालिकामा चेपाङ चिउरी कार्यक्रम लागु गरिएको उहाँको भनाई छ ।
स्थानिय सरकारलाई प्राबिधिक शिक्षा लागु गराउनको लागि नीति बनिसकेकोले त्यसतर्फ ध्यान दिन उहाँले सुझाउनुभयो । पालिका प्रमुखहरुलाई ईंकित गर्दै उहाँले भन्नुभयो “ तपाईहरु अब प्राबिधिक शिक्षा पढाउनुस्, केन्द्रिय सरकारको कोटा सिस्टमको शिक्षा नीतिको मात्र भर पर्न हुंदैन यसैको लागि हामिले नीति बनाएका छौं ।”उहाँले केन्द्रिय शिक्षा नीति अनुसार १० हजार बिद्यार्थीलाई पठाएर थोरैलाई कोटामा पढाउदा उच्च शिक्षाको लागि बिद्यार्थी बाहिर जानुपरेको बताउनुभयो ।
मुख्यमन्त्री जम्कट्टेलले प्रदेश सरकारले १५ हजार युवालाई सिप सिकाएर आगामी बर्षलाई सिप बर्ष घोषणा गर्ने तयारी गरिरहेको जनाउनुभयो । उहाँले सबै मिलेर समृद्ध प्रदेश बनाउन जोड दिनुपर्ने जनाउदै जनप्रतिनीधि भएर निराशा बाँड् नहुने समेत भन्नुभयो । प्रदेश सरकारले आफ्नै मोडलको लगानी गर्नको लागि लगानी बोर्ड बनाइने समेत जानकारी दिनुभयो ।

बागमती प्रदेशको आबधिक योजना पारित
बागमती प्रदेश सरकारले दास्रो आबधिक योजनाको मस्यौदा पारित गरेको छ । आज बसेको प्रदेश विकास परिषद्को बैठकले प्रदेश आबधिक योजना २०८१÷८१—२०८५÷८६ लाई पारित गरेको हो ।
मुख्यमन्त्री जम्कट्टेलको अध्यक्षतामा बसेको बैठकमा प्रदेशका मन्त्रीहरु, नीति तथा योजना आयोगका उपाध्यक्ष, संसदिय दलका नेताहरु, सांसदहरु, प्रदेश विकास परिषद्को सदस्यहरुको सहभागिता रहेको थियो ।
बैठकमा मुख्यमन्त्री जम्कट्टेलले प्रदेशको आबधिक योजनाको मस्यौदामा छलफल गर्दै सुझाबसहित केही महत्वपुर्ण योजनाहरु थप गर्ने र सोही अनुसार बजेट निर्माण गरिने समेत जनाउनुभयो । उक्त सुझावसहितको मस्यौदा अब नीति तथा योजना आयोगको बैठकले स्विकृती प्रदान गरेर मन्त्री परिषद्को बैठकमा पेश गरिनेछ ।

By radiojhurjhure

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.