पाथीभरामा जनतासंग जनप्रतिनिधि कार्यक्रम सम्पन्न ।

बागमती ७ का अध्यक्ष उत्तर बहादुर भोलनको सभाध्यक्षतामा कार्यक्रम भएको हो भने कार्यक्रमको प्रमुख अथिती बागमती गाउँपालिका अध्यक्ष सर्केश घलान रहनु भएको थियो।साथै कार्यक्रममा बागमती गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत झम्क नारायण घलान,कार्यपालिका सदस्य डम्बर बहादुर बि.क. ,वडा नम्बर ८ का अध्यक्ष इन्द्रमाणी तिमल्सिना , प्रशासन शाखा अधिकृत सार्थक घिमिरे लगायतका अथितीहरुको पनि उपस्थिती रहेको थियो। जनताको रायसल्लाह ,सुझाव लिने उदेशले आयोजना भएको यस कार्यक्रममा वडा नम्बर एकका विभिन्न क्षेत्रमा आबद्ध भएका ब्यक्तित्वहरुले आफ्नो राय सल्लाह सुझाव र क्षेत्रानुसारको बिकास निर्माणका बारेमा सल्लाह ,सुझाब र चासो व्यक्त गरेका छन।यस क्रममा वडा नम्बर ७ युवाहरूले राजनीतिक शक्तिको आडमा भौतिक बिकास निर्माण कार्य समाबेसी नभएको, नेताकै घर वरिपरि भएको भन्दै  राज्यको सम्पत्ति दुरुपयोग गरेको गुनासो राखेका छन।

जनतासंग जनप्रतिनिधि कार्यक्रमलाई  बागमती गाउँपालिकाको अध्यक्ष घलानले सम्बोधन गर्नु भएको छ। कार्यक्रममा  जनताको जनगुनासो सम्बोधन गर्ने क्रममा अब सबै जना उत्पादनमा जोड्नु पर्ने बताउनु भयो।अब पराइको मुख ताकेर मात्रै यो देश समृद्धि नहुने भन्दै सबै युवा शक्ति उत्पादनमा केन्द्रित हुनु पर्नेमा  जोड दिनु भएको छ। मन्तव्यकै क्रममा अध्यक्ष घलानले  बागमती गाउँपालिका कृषिको लागी उपयुक्त ठाउँ भएको र माटो सुहाउँदो खेतीसंगै जामिन ,जलको प्रयोगबाट उत्पादन बढाइ  गाइभैसी ,बाख्रा ,कुखुरा ,बङ्गुर पालन गरि आर्थिक रुपमा सम्पन्न बन्न सक्ने धेरै सम्भावना रहेको बताउनु भएको छ। त्यसतै  धेरै बिकास निमार्णका कार्य पनि बाकी रहेको र बिकासलाइ समाबेसी ढंगले गर्नु पर्ने जोड दिनु भयो। हिजोआज बिकास निर्माणको नाम थोरै अपारदर्शी भएको संकेत पाएको भन्नू हुँदै यदि त्यो प्रमाणित भए कार्वाहीको भागिदार हुने बताउनु भएको छ।

कार्यक्रममा अध्यक्ष घलानले आर्थिक समस्या र अभावले निराशा हुँदै गएको बागमती गाउँपालिकाको जनतालाई श्रममा जोडी आशाको दियो बाल्न आफू तत्पर रहेको र श्रम गर्न चाहिँ अल्छी गर्न नहुने बताउनु भयो। त्यसतै बागमती गाउँपालिकाले कृषि र पशुमा व्यापक लगानी गरि रहेको भन्दै बिउपुजी लिई कृषिमा आबद्ध रहेको किसानहरूले आर्थिक लाभ लिन सकिने  बताउनु भयो।

कार्यक्रममा बागमती  गाउँपालिका भित्र सक्रिय रहेको , विभिन्न पार्टीको प्रतिनिधिहरु,विद्यालयको अध्यक्षहरु,नेपाल रेड्क्रस सोसाइटी फापरबारी उपशाखा सभापति शंकर कुमार पराजुली र विभिन्न क्षेत्रमा आबद्ध भएको ब्यक्तित्वहरु, वडा नम्बर ७ को आम जनसमुदाय ,बुद्धिजीवी , विभिन्न पेशामा आबद्ध ब्यक्तित्वहरुको उल्लेखनीय उपस्थिति रहेको थियो।

प्रतिक्रिया