माझगाउँमा जनतासंग जनप्रतिनिधि कार्यक्रम सम्पन्न ।


२७ जेठ २०८१, आइतबार / बागमती – माझगाउँमा जनतासंग जनप्रतिनिधि कार्यक्रम सम्पन्न भएको छ। आइतबार  बागमती गाउँपालिका वडा नम्बर १को आयोजनामा कार्यक्रम भएको हो। आर्थिक बर्ष २०८१/०८२ को बार्षिक नीति तथा कार्यक्रम एबम बजेट तर्जुमा गर्ने तयारी गर्दै गरेको सन्दर्भमा बागमती गाउँपालिकाले जनताको राय सल्लाह सुझावलाई लिने उदेश्यले जनतासंग जनप्रतिनिधि कार्यक्रमको आयोजना गरेको वडाध्यक्ष यहुन्ना राइले बताउनु भएको छ।

बागमती १ का अध्यक्ष युहन्ना राइको सभाध्यक्षतामा कार्यक्रम भएको हो भने कार्यक्रमको प्रमुख अथिती बागमती गाउँपालिका अध्यक्ष सर्केश घलान रहनु भएको थियो।साथै कार्यक्रममा बागमती गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत झम्क नारायण घलान, प्रशासन शाखा अधिकृत सार्थक घिमिरे लगायतका अथितीहरुको पनि उपस्थिती रहेको थियो। जनताको रायसल्लाह ,सुझाव लिने उदेशले आयोजना भएको यस कार्यक्रममा वडा नम्बर एकका विभिन्न क्षेत्रमा आबद्ध भएका ब्यक्तित्वहरुले आफ्नो राय सल्लाह सुझाव र क्षेत्रानुसारको बिकास निर्माणका बारेमा सल्लाह ,सुझाब र चासो व्यक्त गरेका छन।

जनतासंग जनप्रतिनिधि कार्यक्रमलाई  बागमती गाउँपालिकाको अध्यक्ष घलानले सम्बोधन गर्नु भएको छ। कार्यक्रममा  जनताको जनगुनासो सम्बोधन गर्ने क्रममा अब सबै जना उत्पादनमा जोड्नु पर्ने बताउनु भएको छ ।अब पराइको मुख ताकेर मात्रै यो देश समृद्धि नहुने भन्दै सबै युवा शक्ति उत्पादनमा केन्द्रित हुनु पर्नेमा  जोड दिनु भएको छ। मन्तव्यकै क्रममा अध्यक्ष घलानले  बागमती गाउँपालिका कृषिको लागी उपयुक्त ठाउँ भएको र माटो सुहाउँदो खेतीसंगै जामिन ,जलको प्रयोगबाट उत्पादन बढाइ  गाइभैसी ,बाख्रा ,कुखुरा ,बङ्गुर पालन गरि आर्थिक रुपमा सम्पन्न बन्न सक्ने धेरै सम्भावना रहेको बताउनु भएको छ। साथ साथै भौतिक निर्माणलाई पनि संगै बिकास गर्दै अत्ति आवश्यक अभावहरुलाइ पूरा गर्दै जाने  प्रतिबद्धता व्यक्त गर्नु भएको छ।

कार्यक्रममा अध्यक्ष घलानले आर्थिक समस्या र अभावले निराशा हुँदै गएको बागमती गाउँपालिकाको जनतालाई श्रममा जोडी आशाको दियो बाल्न आफू तत्पर रहेको र श्रम गर्न चाहिँ अल्छी गर्न नहुने बताउनु भयो। त्यसतै बागमती गाउँपालिकाले कृषि र पशुमा व्यापक लगानी गरि रहेको भन्दै बिउपुजी लिई कृषिमा आबद्ध रहेको किसानहरूले आर्थिक लाभ लिन सकिने  बताउनु भयो।

कार्यक्रममा बागमती  गाउँपालिकाको वडा नम्बर १ को आम जनसमुदाय ,बुद्धिजीवी , विभिन्न पेशामा आबद्ध ब्यक्तित्वहरुको उल्लेखनीय उपस्थिति रहेको थियो।

By radiojhurjhure

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.