जि.एस. निर्माण कम्पनी प्रा.ली. ले झण्डै ३ वर्ष पछि भवन हस्तान्तरण ।

०३ असार २०८१,सोमबार / बागमती -जनता माध्यमिक विद्यालयलाई निर्माणाधीन छात्रबास हस्तान्तरण गरिएको छ। जि.एस. निर्माण कम्पनीद्वारा निर्माणको जिम्मा लिएको भवन झन्डै ३ बर्षमा जनता मा.वि.लाई हस्तान्तरण गरिएको हो। आज सोमबार बिहान जनता माध्यमिक विद्यालय परिसरमा एक कार्यक्रमका बिच जि.एस. निर्माण कम्पनीका प्रतिनिधि सरद प्रसाद चौलागाईंको उपस्थितिमा विद्यालयलाइ भबनको चाबी बुझाइएको हो।

यस भवन हस्तान्तरण कार्यक्रममा बागमती गाउँपालिका अध्यक्ष सर्केश घलानको प्रमुख आथित्यता रहेका थिए भने विद्यालयका अध्यक्ष शेर बहादुर राना क्षितिजले कार्यक्रमको अध्यक्षता गर्नु भएको थियो।

यसै क्रममा आफ्नो मन्तव्य राख्नु हुँदै गाउँपालिका घलानले यो भबन निर्माण हुँदै गर्दा विद्यालय र पालिकाले धेरै दुख र आरोप झेल्नु परेको र अबका दिनहरुमा राम्रो निर्माण कम्पनीलाई काम जिम्मा लगाउन सुझाव दिनु भयो। भबन निर्माण कार्य सन्चालनको क्रममा स्थानीय स्तरमा भएको लेनदेन मिलाएर मात्रै निर्माण कम्पनीलाई भुक्तानी दिन आग्रह गर्नु भएको छ।

कार्यक्रममा विद्यालयको अध्यक्ष शेर बहादुर रानाले विद्यालय ,प्राविधिक मुल्यांकन र गाउँपालिका बिचको सहकार्य बिना जनता माध्यमिक विद्यालयको नमुना परियोजना अगि नबढ्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ। आर्थिक बर्ष २०७७/०७८ को बजेटबाट १ करोड ५० लाखमा टेन्डर भएको भबन निर्माण कम्पनी जि.एस. निर्माण कम्पनीले ९३ लाखमा टेन्डर पारी काम सुरु गरेका थिए।

भवन हस्तान्तरण कार्यक्रममा बागमती उपाध्यक्ष फडिन्द्र तिमल्सिना ,वडा नम्बर ८ का अध्यक्ष इन्द्रमणि तिमल्सिना , निवर्तमान वडा नम्बर ४ का अध्यक्ष रहर सिं थिङ, बिद्यालय ब्यवस्थापन समितिका सदस्य प्रकाश सन्जेल ,शेर बहादुर थोकर र भानु मगर लगायतका अथितीहरुको उपस्थिति रहेका थिए भने कार्यक्रमको सन्चालन साहयक प्रधानाध्यापक दिपक घिमिरेले गर्नु भएको थियो।

0-0x0-0-0#
0-0x0-0-0#
0-0x0-0-0#

प्रतिक्रिया