रास्ट्रपति महिला उत्थान जिविकोपार्जन सुधार कार्यक्रम सम्पन्न।

११ असार २०८१/बागमती -रास्ट्रपति महिला उत्थान जिविकोपार्जन सुधार कार्यक्रम सम्पन्न भएको छ। आज मंगलबार बागमती गाउँपालिका,झुरझुरेमा रहेको सहिद स्मृति भवनको सभा हलमा कार्यक्रम भएको हो।

बागमती गाउँपालिकाको आर्थिक सहयोग ,सहयात्री महिला समाज नेपालको आयोजनामा भएको पाँच दिने पशु सम्वन्धी तालिम कार्यक्रम संस्थाकी अध्यक्ष सुनिता गोले खड्काको सभाध्यक्षतामा भएको थियो । साथै,बागमती गाउँपालिका कार्यपालिका सदस्य भगवती माझिको प्रमुख आथित्यता रहेको थियो।

कार्यक्रममा बागमती गाउँपालिका पशु पन्छी बिकास शाखाका प्रमुख डा. बिमोचन पौडेलको पनि आथित्यता रहेको थियो । यसै क्रममा कार्यक्रमलाई सम्बोधन गर्दै डा. पौडेलले पशु सम्वन्धी जति पनि समस्य देखा पर्छ्न ,त्यसलाई सहजै समस्य समधान गर्ने कुरामा पशुपन्क्षी शाखा सदैव तयारी अवस्था रहने बताउनु भएको छ। त्यसतै अथिती एबम भोर्लेनी दुग्ध उत्पादक सहकारी संस्थाको अध्यक्ष ज्ञान सागर लामाले श्रम बिना समृद्धि को कल्पनासम्म गर्न नसकिने बताउनु भयो। यसै क्रममा अध्यक्ष लामाले आफू पनि किसान भएको र परम्परागत पशुपालनलाई समय सापेक्ष रुपान्तरण गर्दै उन्नत जातको गाइभैसी पालन गरि राम्रो आम्दानी गर्दै आएको बताउनु भयो।

पाच दिनसम्म चलेको यस कार्यक्रममा वडा नम्बर १,२,३,४,५,६,७ ८ का किसान महिला दिदीबहिनीहरुको उपस्थित रहेको थियो । तालिम पशुपालन सम्वन्धी विभिन्न विधि प्रक्रिया ,पशुको आहार र पालन गर्ने तरिकाको बारेमा महिला कृषकहरुलाई तालिम दिइएका थिए।कृषक महिलाहरुलाइ पशुपालन सम्वन्धी प्रयोगात्मक तालिम दिएको प्रशिक्षक अशोक कुमार सिंहले बताउनु भयो। यो तालिममा सिकेका कुरा ब्यवहारमा प्रयोग गरे किसानको आर्थिक स्तर उकास्न सहज हुने सिंहले बताउनु भयो।

महिला सहयात्री समाज नेपालका अध्यक्ष एबम यस कार्यक्रमको सभाध्यक्ष सुनिता गोले खड्काले तालिममा सिकेका कुराहरूलाई ब्यवहारमा लागू गरि आफ्नो जीवन स्तर उकास्ने तर्फ अघि बड्न सुझाब दिनु भएको छ। कार्यक्रमलाई सम्बोधन गर्दै खड्काले आगामी दिनहरुमा तालिम लिनु भएकोहरुले केही न केही परिवर्तन गरेर देखाउनु पर्नेमा जोड दिनु भएको छ। महिलाहरुलाई कृषिमा आकर्षित गराइ स्वरोजगार बनाउने तर्फ सबै जना लाग्नु पर्ने बताउनु भयो। यस समापन कार्यक्रमको सन्चालन शान्ति कुमारी राइले गर्नु भएको थियो।

By radiojhurjhure

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.