स्वर्गीय रत्न कुमारी पुलामीको श्रद्धाञ्जली सभा सम्पन्न ।

१२ असार २८१/ बागमती : नेकपा माओवादी केन्द्र मकवानपुर जिल्ला कमिटी र बागमती गाउँकमिटीले संयुक्त रुपमा श्रद्धाञ्जली सभा गरेको छ। आज बुधबार नेकपा माओवादी केन्द्र बागमती प्रदेश उपाध्यक्ष एबम प्रदेश सभा सदस्य माननीय प्रेम बहादुर पुलामीको ममतामयी आमा रत्न कुमारी पुलामीको दसौं पुन्यतिथीको अबसर पारी श्रद्धाञ्जली सभाको आयोजना गरेको हो। माननीय पुलामीको स्वर्गीय आमाको यहि असार ३ गते स्वर्गरोहन भएको थियो।

0-0x0-0-0#

आज भएको श्रद्धाञ्जली सभाको सभाध्यक्षता स्वर्गीय रत्न कुमारी पुलामीकी माइलो छोरा प्रेम बहादुर पुलामीले गर्नु भएको थियो भने नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य एबम मकवानपुर जिल्ला इन्चार्ज बिजय गौतमको प्रमुख आतित्यता रहेको थियो।यस श्रद्धाञ्जली सभामा केन्द्रीय सदस्य प्रमिला पुलामी , प्रदेश सचीवलय सदस्य एबम बागमती गाउँपालिका अध्यक्ष सर्केश घलान, जिल्ला संयोजक भिम पाख्रीन, सचिब वीर बहादुर घलान ज्वाला, ललित घलान,बच्छु गोले खड्का, रामहरी सुवेदी,सागर बानियाँ, मनहरी गाउँपालिकाको निर्वाचित उपाध्यक्ष सीता पुलामी ,राक्सिराङ गाउँपालिकाको निर्वाचित उपाध्यक्ष बनस्तब थिङ, जीवन गोले,ज्ञान सागर लामा,विवेक राई,बाल कुमार मल्ल र लाल सिं सिंतान लगायतका नेकपा माओवादी केन्द्रको जिल्ला ,प्रदेश र केन्द्रीय सदस्यहरुको उपस्थिति रहेको थियो।

0-0x0-0-0#

केन्द्रीय सदस्य एबम मकवानपुर जिल्ला इन्चार्ज बिजय गौतमले श्रद्धाञ्जली सभालाई सम्बोधन गर्नु भएको थियो। यसै क्रममा नेकपा माओवादी केन्द्रको आन्दोलनमा अतुलनीय भुमिका निर्वाह गर्नु हुने ममतामयी आमालाई गुमाउनु परेकोमा दुख व्यक्त गर्नु भयो।यसै क्रममा यो दु:खद घडीमा शोक सन्तब्ध परिवार जनमा गहिरो समाबेदना प्रकट गर्दै स्वर्गीय आमा रत्न कुमारी पुलामीको आत्माको चिर शान्तिको कामना गर्दै श्रद्धाञ्जली व्यक्त गर्नु भएको थियो।

0-0x0-0-0#

स्वर्गीय रत्न कुमारी पुलामीको माइलो छोरा एबम श्रद्धाञ्जली सभा कार्यक्रमको सभाध्यक्ष प्रेम बहादुर पुलामीले शोकको घडीमा ,भेटघाट गर्न आउनु हुने साथिभाइको हौसला र सहयोगले यो दिनसम्म आइपुग्दा दुख पीडा मन भरी भए पनि महशुस कम भएको बताउनु भयो । सम्बोधनकै क्रममा पुलामीले श्रद्धाञ्जली सभामा पितृ प्रसाद ग्रहणको लागी आइपुग्नु भएका पार्टीका सबै तह र तब्काका नेता कार्य कर्ताहरु,आफन्त इष्टमित्र ,,गाउँले छरछिमेकका सबैलाई धन्यवाद प्रकट गर्नु भयो।

0-0x0-0-0#

बागमती गाउँपालिका वडा नम्बर ६ ,भलायोकाठमा रहेको पुलामीको आफ्नै निवासमा भएको श्रद्धाञ्जली सभा कार्यक्रमको सन्चालन मकवानपुर जिल्ला फुटबल संघका बरिस्ठ उपाध्यक्ष एबम नेकपा माओवादी केन्द्र बागमती गाउकमिटी अध्यक्ष अरुण बलले गर्नु भएको थियो।

By radiojhurjhure

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.