जन्मदिनको अवसरमा पुलामीद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण।


बागमती : मकवानपुरको बागमती गाउँपालिका वडा नम्बर ५ स्थित देवकी माविका विद्यालय व्यवस्थापन समिति सदस्य उमेश पुलामीले आफ्नो जन्मदिनको अवसरमा विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गर्नुभएको छ । आइतबार विद्यालयमा एक कार्यक्रमका बीच पुलामीले शैक्षिक सामग्री वितरण गर्नुभएको हो ।
पुलामीले कक्षा १ देखि ५ सम्मका विपन्न ५५ जना विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गर्नुभएको हो । १० हजार रुपैयाँ बढी रकमको कापी, पेन्सिल लगायतका अन्य सामग्रीहरु वितरण गरिएको सदस्य पुलामीले बताउनुभयो । सदस्य पुलामीले केही समय अघि विद्यार्थीहरुलाई अनुशासित बनाउन १ सय ५ जनाको कपाल काट्न आफैले रकम उपलब्ध गराउनुभएको थियो । यस अघि पुलामीले विद्यार्थीहरुलाई न्यानो कपडासमेत वितरण गर्नुभएको थियो । विद्यालयका प्रधानाध्यापक चन्द्र थापाका र शिक्षकहरुको उपस्थितिमा शैक्षिक सामग्री वितरण गरिएको हो ।

By radiojhurjhure

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.