राइगाउ दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडको उदघाटन।

राइगाउ दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडको उदघाटन भएको छ। बागमती गाउँपालिका वडा नम्बर १,माझगाउ सम्झना बजारमा दुग्ध सहकारीको उदघाटन भएको हो। बागमती गाउँपालिका अध्यक्ष सर्केश घलानले आज शनिबार एक कार्यक्रमका बिच रिबन काटेर दुग्ध सहकारीको उदघाटन गर्नु भयो।

0-0x0-0-0#

बागमती गाउँपालिका वडा नम्बर १ एक सम्झना बजारमा स्थापना भएको यस दुध संकलन केन्द्रमा तत्काल १ सय ५० लिटरको हाराहारीमा दुध संकलन हुने दुग्ध सहकारीका अध्यक्ष डोर बहादुर थापाले बताउनु भयो। कृषि उद्पादनमा किसानलाई जोड्दै आर्थिक रुपमा सम्पन्न र समृद्ध बनाउने उदेश्यले बागमती गाउँपालिकामा पालिकाको ९ वटा वडाहरु मध्ये ८ ओटा वडाहरुमा यस अघिनै चिलिङ भ्याट सहितको प्रबिधि युक्त दुग्ध सहकारी स्थापना भैसकेका छन।

0-0x0-0-0#

यस राइगाउ दुग्ध उत्पादक सहकारी उदघाटन कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै गाउँपालिका अध्यक्ष सर्केश घलानले कृषि उदपादनलाई बढाउदै बागमती गाउँपालिकाको जनतालाई आर्थिक सम्पन्न बनाउने तर्फ सरकारले योजना अघि सारेको स्पष्ट पार्नु भयो। जनताको काम गर्ने क्रममा जस्तोसुकै बाधा ब्यावधान आए पनि पछि नहट्ने बताउनु भयो। जनता आर्थिक रुपमा सम्पन्न भएको देखि नसक्नेहरु सलबलाउनु थालेको भन्दै आम समुदायले त्यसलाई नजिकबाट बुझ्नु पर्नेमा जोड दिनु भयो।

0-0x0-0-0#

अध्यक्ष घलानले बागमती गाउँपालिकाले भौतिक बिकास तर्फ धेरै काम गरि सकेको र अब जनताको जीवन स्तर बदल्न स्थानीय सरकारले उदपादनमा लगानी गर्ने लक्ष्य अघि सारेको बताउनु भयो। सम्बोधनकै क्रममा अध्यक्ष घलानले बागमती गाउँपालिका भित्र उदपादनमा लगानी गरि यहाँकै जनतालाई रोजगार सिर्जना गर्ने ब्यवसायी वा लगानी कर्ताको लगानीको सुरक्षाको ग्यरेन्टी सरकारले गर्ने बताउनु भयो।

0-0x0-0-0#

आथिती एबम वडा नम्बर १ का अध्यक्ष यहुन्न राइले दुग्ध सहकारी मार्फत जनताको जीवन स्तर बदल्न थप सहकार्य र सुझावलाई ग्रहण गर्फै अझ राम्रो गर्ने तर्फ अघि बढ्ने प्रतिबद्धता ब्यक्त गर्नु भयो।साथै गाइभैसीको दुध बिक्रीबाट किसानले धेरै लाभ लिन सकिने भन्दै सन्चालक टिमलाई ससक्त रुपमा लाग्न सुझाव दिनु भयो। कार्यक्रममा बागमती बागमती गाउपालिका वडा नम्बर ४ का अध्यक्ष एबम भौतिक बिकास संयोजक दन्तलाल माझा , पुर्ब वडा अध्यक्ष तथा बागमती गाउँपालिका खेलकुद बिकास समितिका अध्यक्ष रहर सिं थिङ , राउगाउ दुग्ध सहकारी राइगाउका सचीव राज कुमार सेन्चुरी , दुग्ध किसानहरु ,बुद्धिजीवी ,जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो।

By radiojhurjhure

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.