पाँचपाण्डपमा स्कर्पियो कार दुर्घटना,१ घम्भिर र ४ जना सामान्य घाइते ।

पाँचपाण्डवमा स्कर्पियो कार दुर्घटना भएको छ। आज बिहान ७ बजे बागमती गाउँपालिका -४ पाँचपाण्डव बागमती पुल नजिक स्कार्पियो दुर्घटना भएको हो। बागमती प्रदेश B AD ७३४६ नम्बरको कालो स्कार्पियो सिन्धुलीबाट हेटौंडा तर्फ जाने क्रममा मकवानपुर र सिन्धुली जोड्ने बागमती पुल नजिक अनियंत्रित भैइ दुर्घटना भएको चालक दिपक परियार बताएको छ।

उक्त स्कर्पियो कार चालक उदयपुर जिल्ला कटारी नगरपालिका-४ निवासी वर्ष ३६ को दिपक परियार, सोही नगरपालिका निवासी वर्ष ५३ को राजिव थापा, वर्ष ४७ को पुस्पा थापा, र मोरङ जिल्ला बिराटनगर महानगरपालिका -१६ निवासी वर्ष ६८को हरि थापा लगायतको ब्यक्तिहरु सामान्य घाइते भएका छन भने मोरङ जिल्ला बिराटनगर महानगरपालिका-१६ निवासी वर्ष ६५ को लक्ष्मी थापा घम्भिर घाइते भएको छ।

घाईतेहरुलाई स्थानीय सान्भी पोलिक्लिनिक मेडिकल झुरझुरेमा सामान्य प्राथमिक उपचार पश्चात् थप उपचारको लागि हेटौंडा लगिएको छ।

By radiojhurjhure

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.