बकैया गाउँपालिका वडा नम्बर १ को आहालडाडा धियालमा विद्युत लाइन बिस्तार कार्य सम्पन्न भएको छ। आज दिउँसो एक कार्यक्रमका बिच विद्युत लाइन प्रशासरण कार्यको उदघाटन भएको हो।
मकवानपुर ,बारा र रौतहट जिल्लाको सिमानामा पर्ने धियाल आहालडाडामा लामो समय पछि विद्युत बिस्तार भएको छ। झन्डै ३५ घर धुरी भएको धियाल आहाल डाडा गाउँमा २५ केभीको ट्रान्सर्फमरबाट विद्युत वितरण कार्य सुभारम्भ भएको छ। बकैया गाउँपालिकाको १२ वटा वडाहरु मध्ये १ नम्बर वडा भौगोलिक रुपमा बिकट र हरेक हिसाबले पछाडी परेको र यस वडालाई समृद्ध बनाउन गाउँपालिकाको तर्फबाट सदैब प्रयास जारी राख्ने उपाध्यक्ष भक्त बहादुर खत्रीले बताउनु भयो। यता त्यहाका स्थानीय बत्तिको झिलीमिलीसंगै खुसी भएका छन।
बकैया गाउँपालिका वडा नम्बर १ का अध्यक्ष आशिष तितुङको सभाध्यक्षतामा भएको उदघाटन कार्यक्रममा बागमती प्रदेश सभा सदस्य माननीय प्रेम बहादुर पुलामीको प्रमुख आथित्यता रहेको थियो। यस कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य बिजय गौतम ,प्रदेश कमिटी सचीवलय सदस्य एबम बागमती गाउँपालिका अध्यक्ष सर्केश घलान,प्रदेश कमिटी सदस्य ललित घलान,कृपा माझी ,नेकपा माओवादी केन्द्र मकवानपुर जिल्ला संयोजक भिम पाख्रीन,वडा न.८ का अध्यक्ष बिष्णु नेगि ,बिश्वराज स्याङ्तान लगायतका अथितीहरु उपस्थित रहेका थिए।