रास्ट्रपति शेख हसिनाले देश छोडे,रास्ट्रपति भवन आन्दोलनकारी द्वारा कप्जा।

बाङ्लादेशमा विद्यार्थी आन्दोलनका कारण त्यहाँकी प्रधानमन्त्री सेख हसिना इन्डिया भागेकी छिन् । सुरुमा विद्यार्थी आन्दोलनलाई कमजोर सोचेर दमन गर्ने प्रयास गरेकी सेख हसिना आज भने ज्यान जोगाउन राजिनामा दिएर इन्डिया भागेकी हुन् । बाङ्लादेशका विद्यार्थीहरुले अहिले प्रधानमन्त्री निवास कब्जा गरेका छन् ।

कोटा खारेजीको लागि सुरु भएको विद्यार्थी आन्दोलन अदालतले कोटा खारेज गरेसंगै लगभग अन्त्य भैसकेको थियो । तर प्रधानमन्त्री सेख हसिनाले आन्दोलन गर्नेहरु विद्यार्थी नभएर बिपक्षीले परिचालन गरेका आतंकबादी हुन् भन्ने अभिव्यक्ति दिएपछी आन्दोलनकारी विद्यार्थीहरु बिच्किएका थियो । यसपछी आन्दोलन सोझै प्रधानमन्त्रीको राजिनामा तिर मोडिएको थियो ।

आन्दोलनलाई दबाउन प्रधानमन्त्री हसिनाले हरसम्भव प्रयास गरिन ,सेना परिचालन गरिन । हेलिकप्टर र ट्याङ्कबाट आन्दोलनकारी माथि गोली बर्षाउन लगाइन । यसक्रममा ३ सय भन्दा धेरै आन्दोलनकारीको मृत्यु भयो । देशभर ईन्टरनेट बन्द गर्न आदेश भयो । कर्फ्यु आदेश समेत जारी भयो तर आन्दोलन झनै ब्यापक बन्दै गए पछि अन्त्यमा आज उनी हेलिकप्टर चढि इन्डिया भाग्न बाध्य भइन ।

By radiojhurjhure

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.