लायन्सको स्थापना दिवसमा मन्दिर परिसर सरसफाई तथा रङरोगन ।

राजकुमार के.सी.
मकवानपुर, २५ साउन/नेपालमा लायन्स क्लब स्थापना दिवसको अबसरमा लायन्स क्लब अफ थाहा पिस र लियो क्लब अफ पिस थाहानगरको आयोजना एवम् पाथीभरा क्षेत्र संरक्षण समितिसँगको समन्वयमा थाहा नगरपालिका वडा नं. २ स्थित पाथीभरा मन्दिर परिसरमा सरसफाई तथा रङरोगन कार्यक्रम सम्पन्न भएको छ ।


शुक्रबार लियो क्लब अफ पिस थाहानगरकी प्रथम उपाध्यक्ष सितल बिष्टको अध्यक्षतामा पाथीभरा मन्दिर परिसरमा भएको कार्यक्रममा थाहा नगरपालिका वडा नं. २ का वडा अध्यक्ष बमबहादुर सिन्तानको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा प्रमुख अतिथि सिन्तानले पाथीभरा मन्दिरलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नकालागि सबै पक्ष सक्रिय हुनुपर्ने बताए । उनले पाथीभरा क्षेत्रको प्रवद्र्धनमा लियो क्लबले गरेको योगदानको प्रशंशा गरे ।
लियो क्लब अफ पिस थाहानगरका सहसचिव नारायण कार्कीको संयोजकत्वमा भएको कार्यक्रममा थाहा नगरपालिका वडा नं. २ का वडा सदस्य युवराज बिष्ट, घाटदेबि आधारभूत बिद्यालयका ब्यवस्थापन समिति अध्यक्ष बीरबहादुर तामाङ, पाथीभरा क्षेत्र संरक्षण समितिका अध्यक्ष माधब कार्की, लियो क्लब अफ पिस थाहानगरका पूर्व अध्यक्ष कमल बिष्ट, निवर्तमान अध्यक्ष तथा रिजन कोअर्डिनेटर रोशनी गोपालीको आतिथ्यता रहेको थियो ।
समाजसेवा मूख्य उद्देश्य भएको लायन्स क्लव नेपालमा आजभन्दा ५४ बर्ष अघि १९७१ साल साउन २५ गते पूर्वप्रधानमन्त्री स्व. मातृकाप्रसाद कोईरालाको नेतृत्वमा स्थापना भएको थियो ।
हाल नेपालमा २ हजार बढी लायन्स क्लवहरु र उक्त क्लव मातहत लियो क्लवहरु क्रियाशिल रहेका छन् ।
लायन्स तथा लियो क्लवहरुले ब्यक्तित्व विकासका साथै शिक्षा, स्वास्थ्य, प्राकृतिक विपतका क्षेत्रका कार्य गर्दै आएको छ ।

By radiojhurjhure

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.