विद्यालयमा कार्यलय सहयोगी नियुक्ति गर्दा प्रतिस्पर्धा गर्न नपर्ने भने पछि प्र.अ. ले दियो राजिनामा।

२०८१ भदौ ११,मंगलबार।


बागमती – श्री चौरा आधारभूत विद्यालयका प्रधानाध्यापक अत्तरमान थोकरले राजीनामा दिनु भएको छ। आज स्कुल ब्यवस्थापन समितिका अध्यक्ष र सदस्यहरु उपस्थित भैइ विद्यालय भित्रै अपमान जन्य भाषा प्रयोग गरेको र उहाँहरुको चाहानानै राजीनामा गराउने रहेकोले आफुले राजीनामा दिएको प्रधानाध्यापक अत्तरमान थोकरले जानकारी दिनु भएको छ।

विद्यालय ब्यवस्थापन समितिले निर्वाचन ताका र निर्वाचन पछि पनि पटक प्रधानाध्यापक थोकरलाई हटाउने भन्दै बहिरा हल्ला गर्दै हिडेको र आफ्नो बारेमा गलत कुरा गरेर अभिभावकलाई भ्रम फैलाएको भन्दै केही महिना अगाडि पनि थोकरले राजीनामा दिने तयारी गरेको र समितिकै केही सदस्यले सम्झाए पछि उहाँ रोकिएको विद्यालय स्रोतले जानकारी दिएको छ।

प्रधानाध्यापक थोकर र समिति बिच कार्यलय सहयोगी नियुक्तिको योग्यता तोक्ने विषयमा खटपट सुरु भएको बताइएको छ। प्रधानाध्यापक थोकरले कार्यलय सहयोगी नियुक्ति गर्दा कम्तीमा पनि कक्षा ८ पास गरेको ब्यक्ति हुनु पर्ने अडान लिएको र विद्यालय ब्यवस्थापन समितिले सामान्य लेखपढ भएको ब्यक्ति भए पनि हुने भन्ने कुराको विवादका बिच मिती २०८१ भदौ ५ गते बिज्ञपन भएको थियो।

बिगत लामो समय देखि ऋणमा डुबेको विद्यालयलाई दिनरातको अथाह मेहनत पश्चात् ऋणमुक्त बनाइ विद्यालयलाई आफ्नो लयमा फर्काउन सफल प्रधानाध्यापक थोकरले शिक्षाको महत्वलाई ध्यानमा राखी बिज्ञपनमा उच्च शिक्षा भएको ब्यक्तिलाई प्राथमिकता दिने बिज्ञपनमा उल्लेख गरेको भन्दै थोकरलाई समिति र जनप्रतिनिधिले समेत किन यस्तो राखेको भन्ने खालको प्रस्न गर्दै असन्तुष्टि प्रकट गरेको बताइएको छ। त्यो संगै आज समितिकै सदस्यले माओवादीको ब्यक्ति कार्यलय सहयोगी नियुक्ति भए राम्रो नहुने भन्दै धम्की दिएको प्रधानाध्यापक थोकरले गुनासो पोख्नु भयो।

विद्यालयमा विद्यालयमा कुनै पनि कर्मचारी प्रतिस्पर्धाबाट भन्दा पनि एमाले र समितिले सिफारिस गरेको ब्यक्ति हुनु पर्ने अडानमा समिति रहेको बुझिएको छ।

By radiojhurjhure

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.