२०८१असोज ३/ बागमती – बागमती गाउँपालिका वडा नम्बर १ मा निशुल्क १ दिने निशुल्क स्वास्थ शिबिर सन्चालन भएको छ। आज वडा नम्बर एकमा रहेको सुर्य माध्यमिक विद्यलयमा संविधान तथा राष्ट्रिय दिवसको अवसर पारी स्वास्थ शिबिर सन्चालन भएको हो। बागमती गाउँपालिका ,हेटौंडा अस्पताल ,मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिस्ठान र बागमती प्रदेश सरकार स्वास्थ मन्त्रालयको सहकार्यमा स्वस्थ्य शिबिर सन्चलान भएको हो।
बागमती गाउँपालिका अध्यक्ष सर्केश घलानले शिविरको उदघाटन गर्नु भएको थियो। स्वास्थ शिबिर उदघाटन कार्यक्रमका प्रमुख अथिती घलानले स्वास्थ शिविरबाट ग्रामिण भेगका आम सर्बसाधारण जनताले प्रत्यक्ष रुपमा लाभ लिन सकिने भएकोले यस्ता शिबिर कार्यक्रम समय समयमा सन्चालन गरि रहनु पर्नेमा जोड दिनु भयो। अध्यक्ष घलानले स्वास्थ्यनै मानिसको अमुल्य सम्पत्ति भएकोले स्वास्थ चेकजाँच गर्न हिचकिचाउन नहुने बताउनु भयो। संविधान दिवसकै दिन पारी सन्चालन गरिएको यस्ता स्वास्थ्य शिबिरले संविधानको पुर्णरुपमा पालन गर्ने स्वस्थ ,तन्दुरुस्ट र सजग चेतनशिल नागरिक बन्न सहयोग सहयोग गरोस भन्दै संविधान दिवशको सबैलाई शुभकामना दिनु भयो।
प्राध्यापक डा. दुर्गा कुमारी खडका ,जनस्वास्थ्य प्रमुख कृष्ण बहादुर लगायतको उपस्थितिमा संचालन भएको यस स्वास्थ शिबिरमा हाडजोर्नी ,छाला रोग, जनरल फिजिसिएन,इसिजी र बाल रोग लगायतका विभिन्न रोगहरुको उपचार तथा चेकजाछ संगै औसधि समेत निशुल्क बितरण गरिएको थियो। सुर्य माध्यमिक विद्यालयको स्वस्थ्य उदघाटन कार्यक्रममा बागमती गाउँपालिका सामाजिक विकास संयोजक तथा वडा नम्बर ३ का अध्यक्ष कमान सिं पाख्रीनको पनि उपस्थिति रहेको थियो । स्वास्थ शिबिरबाट बागमती गाउँपालिका वडा न.१ का विभिन्न रोगबाट ग्रसित सर्बसाधरणहरुले प्रत्यक्ष लाभ लिने अवसर मिलेको कार्यवाहक वडा अध्यक्ष हस्त बहादुर थिङले जानकारी दिनु भयो।
शिबिरबाट २२७ जनाले स्वास्थ्य चेकजाँच र स्वास्थ उपचार लिएका छ्न। जस मध्ये महिला १५५ जना छन भने पुरुष ७२ जना छन। सेवा लिएका मध्येबाट स्त्रीरोग १८ ,हाडजोर्नी ६३,ई सि जि १५ ,मेडिसिन मात्रै लिने ९७ जना र बाल रोग २८ जनाले सेवा लिएको बागमती स्वस्थ्य शाखा प्रमुख दिनेश गुप्ताले जानकारी दिनु भयो।