मकवानपुर: हेटौंडा-१९, बस्तिपुरस्थित पुर्व-पश्चिम सडककण्डमा अटोको ठक्करबाट घाइते भएका एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा मनहरी-३ स्थित सुकौराका ४२ वर्षीय मनोज लामा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
मंगलबार साँझ ६ बजेको समयम बस्तिपुरतर्फबाट मनहरी तर्फ जादै गरेको बागमती प्रदेश ०३-००१ ह ०२५१ नम्बरको अटोले ठक्कर दिदा पैदल यात्री लामा गम्भीर घाइते भएको थियो । घाइते लामालाई अटो चालक मनहरी-७ स्थित रमनटारका ४२ वर्षीय को प्रेम बहादुर सिङतानले हेटौंडा अस्पतालमा उपचारका लागि ल्याइएकोमा राति ११ बजेर १० मिनेटको समयमा डाक्टरले मृत घोषणा गरेको हो । अटो चालक सिङ्तान प्रहरीको नियन्त्रणमा छ ।